लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा गठबन्धनले मनपत्रमा जितिसक्यो अब मतपत्रमा बाँकी छ : युवानेता गौतम

IMG

तिलोत्तमा सिटी, बैशाख २७ गते २०७९ । तिलोत्तमा नगरपालिकामा गठबन्धनले मनपत्रमा चुनाव जितिसकेको र मतपत्रमा मात्रै मत जित्न बाकी रहेको नेपालि काग्रेसका युवा नेता प्रकाश गौतमले बताएका छन्।  तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्रामको चुनावी कोणसभामा सो कुरा गौतमले बताएका हुन्।  नयाँ भोटरहरुलाई अब चुनावमा शान्ति र बिकासका लागी गठबन्धनलाई जिताउन आवश्यक भएको कुरा बताउदै उनले मनपत्रमा जित सुनिस्चित  भएको तर बैशाख ३० गते मतपत्रमा मात्र छाप लगाउन बाँकी रहेको बताएका हुन्।  वडा अध्यक्षका उम्मेदवार रमेश डुम्रेको कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 


कोणसभामा उम्मेदवार रहेका सबैले आ आफ्ना प्रतिबद्धता तथा बिकासका योजना सहितको मन्तब्य राखेका थिए। 

कमेन्ट गर्नुहोस्