लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा ९ का वडाबासीको मन जितेर काम गर्छु : धुर्ब न्यौपाने (अन्तर्वार्ता )

tillotmacitynews - 2022 May 10 06:31 PM
IMG

तिलोत्तमा सिटी, बैशाख २७ गते २०७९ । नेपाली कांग्रेस सहितको साझा गठबन्धनको तर्फबाट तिलोत्तमा वडा न ९ का लागी वडाअध्यक्ष पदमा उम्मेद्वारी दिएका युवा नेता धुर्व न्यौपानेले सम्बृद वडा बनाउने आफ्नो अभियानलाई मुर्तरुप दिन आफु सहितका उम्मेदवारहरुले कुनै कसर बाकी नराख्ने बताई रहदा, वडाबासीको जीवन स्तर सुधार्न उनले के र कस्ता रणनिती सहित चुनाबी मैदानमा उत्रिएका हुन् त ? विकास, पारदर्शिता र जनताको जीवनस्तरमा आमुल परिवर्तनका लागि साझा गठबन्धनको निती के र कस्ता छन् ? प्रस्तुत छ, तिलोत्तमा ९ का लागी वडाअध्यक्ष पदमा उम्मेद्वारी दिएका धुर्व न्यौपानेसंग तिलोत्तमा सिटीका सम्पादक प्रकाश पाण्डेले गरेको कुराकानीको छोटो अंश -


तपाईहरुको चुनाबी अभियान कसरी चलिरहेको छ ?


हाम्रो चुनाबी अभियान तिब्र गतिमा अगाडी बढिरहेको छ । घरदैलो अभियान अति नै उत्साहपूर्ण रहयो । अझै पनि घरदैलोमा पुग्नु पर्ने ठाममा हामी पुगिरहेकै छौ  ।  कोणसभा र चुनाबी सभाहरु पनि ठाउँ ठाउँमा जारी नै राखेका छौ । सबैले साथ सहयोग दिनुभएको छ ।  समग्रमा हामी जीतको नजिक पुगेको अनुभूति भैरहेको छ । हामी घरदैलोमा जाँदा जहाँ जहाँ पुगियो वडाबासीको माया र सदभाब अति नै पाएका छौ । हामीलाई अबिर लगाएर वडाबासीले स्वागत गर्नु भएको छ ।  यस अर्थमा यो चुनाबी माहोलले समग्रमा हर्षित तुल्याएको  छ । 


तपाईका चुनाबी एजेन्डाहरु के के छन् ?


मुख्यतया हामी गुणस्तरीय शिक्ष्या,स्वास्थ्य र बिकाश निर्माणमा प्रतिबद्ध छौ ।  हामीले वडामा जीत हासिल गरे पश्चात अपांगता एवं बृद्धहरुलाई वडा कार्यालय आउन नपर्ने गरि वडाका सम्पूर्ण  कामहरु घर बाटै गर्ने व्यवस्था मिलाउने छौ । यस अघि पनि नेपालि कांग्रेसले जितेर उत्कृस्ट वडा हुन सफल यस वडालाई थप व्यवास्थित बनाउन कुनै कसर राख्दिन ।  जे गर्छु जनताको मनोभावना बुझेर मात्र गर्छु । पहिला पनि कांग्रेसले जितेको वडा भएकाले पनि बाँकी रहेका सबै काम जनताको समन्वयमा पुरा गर्ने छु । पिच हुन बाँकी बाटोहरुको काम पनि उत्कृस्ट ढंग बाट पुरा गर्ने छौ ।  वडामा घरदैलो गर्दा कतिपय ठाउमा बिजुली पानीको समस्या नि देखियो, कतिपय थाउहरु डुबानमा पर्ने गरि घर बनेको नि देखियो । अब मैले जितेपछि मानिसको न्यूनतम अधिकारका सवालमा कुनै कन्जुसाई गर्दिन ।  घर घर बिजुली पानी पुग्नेछ ।  


रोजगारको सम्बन्धमा तपाईंको प्रतिबद्ता के छ  ?


रोजगारको सम्बन्धमा हामीले हाम्रो घोषणा पत्रमा पनि धेरै कुरा उल्लेख गरेका छौ ।  बिशेष गरी नेपाल कृषि प्रधान देश भएकाले पनि विभिन्न बालीनाली लगाउदा आवस्यक पर्ने  बिउबिजन सर्वसुलभ कृषक सामु पुर्याउने र बढी भन्दा बढी उत्पादन लिन सक्ने गरि कृषकलाई आत्मनिर्भर बनाउने छौ । २० / ३० हजारका लागि यदी कोही विदेश जान्छ भने त्यो भन्दा बढी यही कमाउने गरि यै व्यवस्था मिलाउने छौ । लगायतका धेरै कुरा छन् हामीसंग, जो कुराहरु हामीले घोषणा पत्रमा उल्लेख गरेका छौ । शिक्षा, स्वास्थ्यको माध्यम बाट पनि रोजगारीका लागि उपयुक्त क्षेत्रहरु निर्माण गर्ने छौ ।  


तपाइंले चुनाब जित्नु भयो भने वडाबासीका लागि पहिलो काम के  गर्नु हुन्छ  ?


वडा न ९ आफैमा सम्बृद वडा भएकाले पनि गर्नु पर्ने नया नया काम धेरै छन् । मैले अघि नै पनि भनिसके बिजुली बत्ती र खानेपानी प्रत्येक घरमा पुर्याउछौ । यसका अलावा शिक्षाका क्षेत्रमा गुणस्तरीय  कुनै कसर बाँकी  राख्दिन ।  वडामा ३ वटा सामुदायिक र एउटा निजि बिद्धयालय रहेकोमा ति स्कुलको स्तरोंनातिका लागि अनेकौ योजनाहरु बनाएर अघि बढ्ने छौ । यसका अलावा वडाबासीको समस्या पहिचानका लागि स्थानिय बासिन्दा कै घर घर पुगेर सलाह सुझाब संकलन गर्ने छौ र ति समस्याको निराकणको लागि पहल गर्ने छौ । 



तपाइले चुनाब जित्ने आधार के के छन्  ?


यसअघि २०७४ सालको निर्वाचनमा पनि नेपाली काँग्रेसले जितेको वडा भएको हुनाले हामी ढुक्कछौ की यो पटक पनि हामीले नै जित्ने छौ ।  अहिले सिंगो मुलुक युवामय भएको हुनाले र म पनि युवा नै भएकाले सोचे भन्दा बढी काम गर्छु भन्ने मनोभावना छ ।  यस अघिका वडा अध्यक्ष्य नारायण न्यौपाने ले गरेका काम हरुलाई निरन्तरता दिदै थप नया कामहरुको लागि आधार तयार गर्ने छौ  । 


अन्त्यमा,

बिपक्षी उम्मेदवारलाई कसरी हेर्नु भएको छ र आम मतदातालाई हाम्रो मिडिया मार्फत के भन्न चाहनु हुन्छ  ?


मलाई बिपक्षीका कुरा गरेर समय खेर फाल्नु छैन । चुनाब हो प्रतिस्पर्धा तव हुन्छ नै यो सामान्य हो, तर जसरी घरदैलो र चुनाबी सभाका क्रममा मह वडा न ९ को घर घर पुगे तेस्ले पनि क देखाएको छ भने जीत हाम्रो नजिक छ ।  स्थानियले माया गरिदिनु भाछ र हौसला प्रदान गरेर अबिर टिका लगाईदिसक्नु भाछ ।  मलाई लाग्छ हामीले चुनाब पक्कै जित्छौ र अन्त्यमा म के प्रतिबद्धता ब्यक्त गर्छु भने यसअघी काँग्रेसले जितेको वडा भएकाले कांग्रेसको शाख गिर्न दिने छैन ।



कमेन्ट गर्नुहोस्