
तिलोत्तमा सिटी, बैशाख २६ गते २०७९ । गृहमन्त्री वालकृष्ण खाँणले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १२ नयाँगाउँ स्थित स्वामिनारायण मुक्तिनाथ धाममा पुजा आराधना गरेका छन् । गृहमन्त्री खाँणले मंगलबार बिहानै धाममा पुगेर शिवजीको पुजा आरधना गरेका हुन् । सो अवसरमा गृहमन्त्री खाँणलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज शर्मा लगायतका पदाधिकारी तथा सदस्यहरुले स्वागत गरेका थिए । त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार खेलराज पाण्डेय पनि सहभागि थिए ।
कमेन्ट गर्नुहोस्