लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सबैको साथ् र उत्साह पाएको छु, जित सुनिस्चित छ : वडा नम्बर-२ उम्मेदवार काशिराम काफ्ले

IMG

तिलोत्तमा सिटी, बैशाख २६ गते २०७९ । आसन्न स्थानिय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिका वडा न २ मा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका काशिराम काफ्ले  एक सम्भावना बोकेका बौद्धिक व्यक्ति हुन्। तिलोत्तमा नगरपालिकामा राजनितीक संयन्त्रमा बसेर काम गरेको अनुभव समेत रहेका काफ्ले त्यही अनुभवको आधारमा वडालाई नगरको उत्कृस्ट वडाको रुपमा अगाडी उभ्याउने बताउछन्। उक्त वडामा एमालेका तर्फबाट वडा अध्यक्ष काफ्लेसंगै महिला सद्स्यमा सावित्र पन्थी आचार्य, दलित महिला सदस्यमा रुपा बिक, खुल्ला सदस्यमा ईश्वर न्यौपाने  र खेमराज पाठक ( रामकृष्ण )  चुनाबी मैदानमा छन्।


नगरपालिकामा जन प्रतिनिधी हरुलाई समाजबाटै सहयोगी भूमिकामा बसेर उत्कृष्ट काम गरेका काफ्लेले नगरपालिकामा अघिल्लो कार्यकालमा दधिराम गौतमले काम गर्दाको अनुभव र वडाबासिहरुका त्यो बेलाका आवाजलाई समेटेर प्रतिवद्धता पत्र समेत लिएर मतदाताकोमा पुगेको दावी गरेका छन्।


काफ्ले भन्छन् तिलोत्तमाको सबैभन्दा उच्च भागमा रहेको वडालाई सुरक्षित र सफा सुन्दर दायीत्व लिने उदेश्यले मैले उम्मेदवारी दिएको हुं पार्टीले दिएको जिम्मेवारी र वडाबासीका आकांक्षालाई साकार पार्न निरन्तर खटने छु। वडामा रहेको जन जागृति मावि र शंकर नगर बहुमुखी क्याम्पस तथा दुर्गादत्त माविलाई प्राविधिक बिषय समावेश गर्ने, बनबाटिकाको संरक्षण र प्रवद्र्धनमा सहकार्य गर्ने,वार्डमा स्थापित स्वास्थ्य इकाइको क्षमता विस्तार गरी वार्डवासीको आधारभूत स्वास्थ्य अधिकारको सुनिश्चित गर्ने, बन संगको समन्वयमा खालि जग्गामा खेलमैदान, खानेपानी, बिजुली ट्रान्सफर , ई लाईब्रेरी, सडक पूर्वाधार बिकास जस्ता कार्यक्रम घोषणा पत्रमा समाबेश गरेको छु ति कामहरु पुरा गर्ने छु उनले भने।


यसैगरि फोहर र ढलहरूको उचित व्यवस्थापन, सार्वजनिक स्थलमा शौचालय निर्माण र त्यस्ता शौचालयहरु महिला,बालबालिका एवम् अपाङ्गमैत्री बनाउने, जेष्ठ नागरिक,गर्भवती महिला बालबालिका, अपाङ्गता भएका नागरिक, असहाय एवम् अशक्त ब्यक्तिहरूलाई हरेक सार्वजनिक सेवा तथा कार्यहरूमा पहिलो प्राथमिकतामा राख्ने,सडक चोकहरूमा सिसिटिभि क्यामेरा जडान गरी सुरक्षित वार्डको रुपमा विकास गरिने,सार्वजनिक स्थल र पार्कमा वाइफ़ाइ ब्यबस्था गर्ने गरि घोषणा पत्रमा समाबेश गरेको छु तिनको कार्यान्वयन गर्ने छु।


काफ्लेका अनुसार मा संगको टिम एकदमै शिक्षित र जुझारु भएकाले जेष्ठ नागरिक विश्राम स्थल साथै वाचनालय (पुस्तकालय) निर्माण, वार्डमा भएका युवा क्लबलाई परिचालन गरी खेलकूदको विकासका लागि विद्यालय स्तरीय, टोलस्तरीय प्रतियोगितात्मक कार्यक्रमहरू बर्षको एक पटक सञ्चालन गर्ने व्यवस्था मिलाइने,खेलमा धेरै रुचि भएका युवाहरुलाई विभिन्न खेल तालिम तथा वार्डबाट प्रतिनिधित्व गरेर प्रतियोगितामा सहभागिहुने खेलाडीहरुलाई पोशाकको व्यवस्था गरिने, युवाहरूलाई व्यक्तित्व विकास, रोजगारी र उद्यमशीलता विकास गर्न विभिन्न सीपमुलक तालिममा सहभागि गराइने,वार्ड क्षेत्र भित्रको वेरोजगारी, अर्धवेरोजगारी र सीप सिक्ने इच्छा र चाहानाको पहिचानका लागि लगत संकलन गरी आवश्यकता अनुसारका तालिममा आवद्ध गरिने ,महिला ,एकल महिला,दलित, पिछडा वर्ग एवम् विपन्न वर्गको उत्थानका लागि विशेष कार्यक्रम र सीममूलक तालिमहरू सञ्चालन गरिने ,तालिम लिएर उत्पादन गरिएका सामग्रीहरुको बजारीकरणको लागि सहजिकरण गरिने छ सार्वजनिक स्थलमा हुने अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित गरिने, साँघुरा सडकहरूमा आलोपालो एकतर्फी पार्किङ्गलाई कार्यान्वयन गर्न टोलविकास संस्थालाई सक्रिय बनाइने,छत्तिस खोला दाया बाया राम्रो पार्क बृक्षारोपण गरि हरियाली बनाईने र वार्डमा रहेका टोल विकास संस्थाको संस्थागत क्षमता विकास गरी वार्डको विकास योजनामा परिचालन गरिने घोषणा पत्रमा समाबेश छ।



कमेन्ट गर्नुहोस्