लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा–६ का जनताले बिकासको अनुभूति गर्छन : गणेश पाठक

IMG

तिलोत्तमा सिटी, बैशाख २६ गते २०७९ । तिलोत्तमा– ६ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार गणेश पाठकले आफ्नो वडालाई नमुना वडाको रुपमा बिकास गर्ने बताएका छन् । सामाजिक अभियन्ता समेत रहेका युवा नेता पाठकले तिलोत्तमा– ६ लाई नमुना वडाको रुपमा बिकास गर्ने ठोस योजना र कार्यक्रमका साथ आफूले वडा अध्यक्षमा उम्मेदवारी दिएको बताएका हुन् । उनी नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार बनेका हुन् ।मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा ब्यस्त रहेका पाठकले वडामा देखा परेका समस्याहरुको समाधान र वडाको समग्र बिकास गर्ने योजनाका साथ आफू वडा अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत भएको बताए । स्थानिय बासिन्दाको साथ, समर्थन र चाहना बमोजिम आफूले वडा अध्यक्षमा उम्मेदवारी दिएको बताउंदै पाठकले वडाको बिकास र वडाबासीको सेवाका लागि आफू प्रतिबद्ध रहेको जनाए ।पाठकले आगामी ५ बर्षमा गर्ने काम र योजना सहितको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै वडा अध्यक्षमा निर्वाचित भए सरकारी सेवा सुबिधा समेत नलिने घोषणा गरेका छन् ।


जनताको सेवा गर्ने उद्देश्यले उम्मेदवार बनेको बताउँदै उनले राज्यकोषबाट प्राप्त हुने तलब, भत्ता तथा अन्य कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हुन् । सरकारी स्तरबाट पाउने सेवा सुविधालाई वडाकै लागि खर्च गर्ने पाठकले बताए । ‘म कुनै आर्थिक लाभ र ब्यक्तिगत स्वार्थका लागि वडा अध्यक्षको उम्मेदवार बनेको होइन– पाठकले भने ।’ ‘वडाको समग्र बिकास गर्न र वडाबासीको सेवा गर्ने उद्देश्यले उम्मेदवार बनेको हुँ ।’‘वडालाई आर्थिक, सामाजिक र भौतिक रुपमा समृद्ध बनाएर नमुना वडाकै रुपमा बिकास गर्ने आफ्नो योजना रहेको उनले सुनाए । नेपाल बिद्यार्थी संघबाटै राजनीतिक यात्रा शुरु गरेका पाठक नेपाल बिद्यार्थी संघ राममणि बहुमुखि क्याम्पसको तीन कार्यकाल सभापति भएका थिए । नेपाल तरुण दल रुपन्देहीका पूर्व जिल्ला सदस्य रहेका उनी नेपाली कांग्रेस प्रेदश सभा २ (क) का उपसभापति समेत हुन् ।बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध रही सामाजिक गतिविधीमा सकृय रहंदै आएका पाठक तिलोत्तमा परोपकार समाजका अध्यक्ष तथा हिमाल युथ क्लबका सल्लाहकार हुन् ।


समाजसेवामा समर्पित रहंदै आएका पाठककै अवधारणा र नेतृत्वमा निःशुल्क कपडा बैंक समेत सञ्चालन गरिएको छ । तिलोत्तमा परोपकार समाज नामक संस्था मार्फत् मणिग्राममा निःशुल्क कपडा बैंक सञ्चालन गरिएको हो । उक्त संस्था मार्फत् तिलोत्तमाका १७ वटै वडामा पूगेर गरिब तथा असाहयहरुका लागि जाडोमा न्यानो कपडा तथा दशैं र नयां बर्षमा नयां कपडा बितरण समेत गरिएको पाठकले बताए । उनले भूकम्प पीडितहरुका लागि लमजुङमा घरटहरा निर्माणका लागि जस्तापाता र गोरखामा खाद्यान्न समेत सहयोग गरेका थिए । पाठकले आफू निर्वाचित भए वडाको प्रसासनिक सेवालाई सरल र सहज बनाई घरदैलो सेवा सञ्चालनग गर्ने, वडा अन्र्तगत रहेका सबै सडकहरुको आवश्यकता अनुसार मर्मत, कालोपत्रे तथा स्तरोन्नती र सडकबत्ती जडान गर्ने, कुञ्ज पार्क, तिलोत्तमा पार्क र आनन्दवन पार्कको स्तरोन्नती गर्ने, युवाहरुलाई उद्यमशील बनाउन सिपमूलक तालिमको ब्यबस्था गर्ने, कृषिलाई आधुनिकीकरण, ब्यबसायीकरण र बजारीकरणका लागि बिशेष कृषि प्याकेजको ब्यबस्था गर्ने, एक घर एक धाराको अवधारणा अनुसार स्वच्छ खानेपानीको ब्यबस्था गर्ने, आनन्दवन स्वास्थ्य चौकीलाई बिशेषज्ञ सेवा र आधुनिक प्रयोगशाला सहितको स्तरोन्नती गर्ने, वडा अन्र्तगत रहेका हाटबजारको ब्यबस्थापन तथा स्तरोन्नती गर्ने, वडा स्तरीय आधुनिक कभर्ड हलको निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।


यस्तै झरना स्र्पोट्स क्लबमा राष्ट्रिय स्तरको खेल सञ्चालन गर्न पहल गर्ने, वडालाई सुन्दर र हराभरा बनाउने, खेल मैदान तथा उद्यानको ब्यबस्था गर्ने, वडामा रहेका विद्यालयको शैक्षिक गुणस्तर बृद्धि र स्तरोन्नतीका लागि पहल गर्ने, धार्मिक पुरातात्विक र ऐतिहासिक सम्पदाहरुको संरक्षण र सम्बृद्धन गर्ने आफ्नो योजना रहेको पाठकले बताए । वडाको समग्र बिकास गर्ने योजनाका साथ आफू चुनावी मैदानमा होमिएको बताउंदै पाठकले काँग्रेसको पक्षमा मतदान गरि आफूलाई बिजयी गराउन वडाबासी समक्ष आग्रह समेत गरेका छन् ।अध्यक्षका उम्मेदवार पाठकसँगै उक्त वडामा नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा गोविन्द प्रसाद रिजाल र पूर्ण प्रसाद आचार्य, महिला सदस्यमा सिता खनाल र दलित महिला सदस्यमा गिता गन्धर्व उम्मेदवार बनेका छन् ।



कमेन्ट गर्नुहोस्