लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाबुराम भण्डारी भन्छन, तिलोत्तमा - ९ मा एमालेको जीत सुनिचित भैसक्यो

tillotmacitynews - 2022 May 07 09:04 AM
IMG

तिलोत्तमा सिटी,२०७९ बैशाख २४ गते । नेकपा एमाले  तिलोत्तमाले चुनावी अभियानलाइ तीब्रता दिदा अध्यक्ष पदका उम्मेदवार बाबुराम भण्डारीले  तिलोत्तमा - ९ मा एमालेको जीत सुनिचित भैसकेको दाबी गरेका छन्  । एमाले तिलोत्तमा वडा न ९ सफलतापुर्बक सम्पन्न गरेको घरदैलो र चुनाबी सभाले जीत सुनिचित भैसकेको दाबी भण्डारीले गरेका हुन् । तिलोत्तमा ९ का बासिन्दा बिकाश र निकाश चाहन्छन त्यो एमालेले मात्र दिन सक्छ भण्डारीले तिलोत्तमा सिटी संग भने । एमाले सदस्य पदका उम्मेदवार कमल शर्मा रेग्मीले घरदैलो र चुनाबी सभा एवं कोंसभाले तिलोत्तमा ९ बासिमा उत्साह थपेको बताएका  छन्  ।

अहिले विहान नेकपा एमालेका प्रस्तावित मेयर मोहन चापाँगाई, उप मेयर जागेश्वरीदेवी चौधरी,  एमाले तिलोत्तमा ९ का वडाध्यक्ष पदका उम्मेदवार बाबुराम भण्डारी र अन्य उम्मेदवारसँगै मंगलापुर चोकमा ७:३० बजे, केवलानी चोकमा ८:३० बजे कोणसभा गरेको छ भने ३ नम्बरको  नन्देश्वरटोलमा अब बिहान ९:३० बजे कोणसभा समेत गर्दैछ । एमाले तिलोत्तमा ९ ले  वडा अध्यक्ष  पदमा उम्मेदवार बाबुराम भण्डारी, सदस्य पदमा  उम्मेदवार कमल शर्मा रेग्मी, महिला सदस्य पदमा  उम्मेदवार तारा राना, दलित महिला पदमा   तारा सुनार र सदस्य पदमा  गोबिन्द गुरुङ लबसन्लाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले तिलोत्तमामा मेयर पदमा मोहन चापागाई र उपमेयरमा जागेश्वरी देवी चौधरीलाई उम्मेदवार बनाएको छ । 


कमेन्ट गर्नुहोस्