लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-९ मा गठबन्धनको उत्साहप्रद नतिजा आउने दाबी

tillotmacitynews - 2022 May 07 08:15 AM
IMG

तिलोत्तमा सिटी,२०७९ बैशाख २४ गते । आशन्न स्थानिय तह निर्वाचन २०७९ मा आफ्नो जित सुनिश्चित गर्न गठबन्धनका साझा उम्मेद्वारको घरदैलो अभियान उत्साहप्रद सम्पन्न हुदा चुनाबी अभियान अझ तिब्र बनेको छ  ।  गठबन्धन तिलोत्तमा वडा- ९ ले निर्वाचन मुखमै आउँदै गर्दा  वडा- ९ चुनाब केन्द्रित कार्यक्रमलाई झनै तिब्र पारेको हो । चुनाब नजिकिदै गर्दा तिलोत्तमा ९  का गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ता वडा न ९ का का विभिन्न क्षेत्रहरुमा मत माग्दै हिडेका छन् । मत माग्न गठबन्धनका साझा उम्मेद्वारहरु तिलोत्तमा ९ सबै छेत्रमा घुमेका छन् ।  चुनाव प्रचार प्रसारका लागि अब केहि समय बचेकाले घरदैलो सहित चुनावी कार्यक्रमलाई तिव्र पारेको कांग्रेसका ९ का  वडा अध्यक्ष पदका उम्मेदवार ध्रुब न्यौपानेले जानकारी दिएका छन् । 


चुनाव प्रचार प्रसार संगै आज मंगलापुरमा कोंसभाको आयोजना गरिएको र अब थोरै समय बचेकाले घरदैलो सहित चुनावी कार्यक्रमलाई तिव्र पारेको कांग्रेसका ९ का  वडा अध्यक्ष पदका उम्मेदवार ध्रुब न्यौपानेले जानकारी दिएका छन् ।  गठबन्धनले महिला सदस्य पदमा मिस्सु शाही, दलित महिला वडा सदस्य पदमा सिर्जना बुडाप्रिथि, खुल्ला वडा सदस्य पदमा गोपाल बश्याल र खुल्ला वडा सदस्य पदमै हर्क बहादुर पुनलाई उम्मेदवार बनाएको छ ।  नेपालि कांग्रेस र नेकपा माओबादीको  संयुक्त गठबन्धनले घरदैलो र चुनाबी सभा संगै दिनहु जसो कोणसभा पनि गरिरहेको छ । घरदैलो  २८ गतेसम्म नियमित जारी रहने नेपाली कांग्रेस तथा नेकपा माओबादि केन्द्रका संयुक्त गठबन्धनले जानकारी दिएको छ । संयुक्त गठबन्धनले तिलोत्तमाको मेयर पदमा नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खांड र उपमेयरमा नेकपा माओबादी केन्द्रका जुझारु नेता हेमन्त पाण्डेलाई उम्मेदवार बनाएको छ । 


कमेन्ट गर्नुहोस्