लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिनाउमा दोहन प्रसासन मौन, बाहिर चुनाव जाएगा कौन

IMG

तिलोत्तमा सिटी, बैशाख २३ गते २०७९।  यता चुनावको रन्को चलिरहेका बेला तिनाउमा भने दिन दहाडै अबैध उत्खनन भैरहेको छ। तिनाउ खोला वारी र पारीको किनारा मात्रै नभएर खोला बिचमै अबैध उत्खनन भएको हाम्रो टिमले फेला पारेको छ। एक टिप्परलाइ रोक्दै सोधपुछ गर्दा बिलबुक लाइसेन्स नभएको र कुनै रोयल्टी समेत नतिरेको पाइएको छ। "बिहानबाट ८ टिप्  बोकिसके अब साँझ पर्न लाग्यो खाना पनि खाको छैन" - एक टिप्पर चालकले भने। कसले पठाएर बोकेको भन्ने प्रश्नमा नाम नबताउने शर्तमा उनि नजिकैको क्रेसर मिलको हो भन्ने उत्तर दिए।  त्यसो त हामि खोलामै पुग्दा ४ टिप्पर र एक एक्साभेटर खोलामै थियो।  केहि छिनमा हाम्रो क्यामेरा र परिचालित रिपोर्टर देखेपछि एक रातो कार त्यहाबाट निस्केर गोरकट्टा हुदै मणिग्राम आयो।  


यसरी तिनाउको वारि र पारि समेत निडर रुपमा उत्खनन भैरहेको हामीले चालपाएपछि खोला नजिकै रहेको एक चिया पसलमा जाँदा उनीहरुले जिल्ला प्रसासनका गाडी , प्रहरीको गाडी र स्थानिय ठेगदारहरु दिनहु या एक दिन बिराएर आउने गरेको बताए।  


अहिले बाहिर चुनाव लागिरहेको छ तर भित्रबाट खोला मज्जाले दोहन गरेका छन्।  तिलोत्तमा नगरपालिकाले उत्खनन रोकेको सुचना समेत सार्बजनिक गरेको छ तर पनि दोहन नरोकिएको स्थानिय बताउछन। अहिले दिनमा दर्जनौ टिप्पर हाइवाले दिनको १५ टिप्परसम्म बोकेको तथ्य फेला पारिएको छ। दर्जनौं ठूला मेसिन प्रयोग गरेर दिनहुँ नदीजन्य पदार्थ दोहन हुँदा पनि प्रशासन मौन छ । तै चुप मै चुपको आडमा नदि दोहोन गरिरहेका हरु चुनावी माहोलसंग हेक्का राख्दैनन्।  न एकपटक प्रसासनले कडाई गरेर अघि बढेको छ न स्थानिय तहले। 


तिलोत्तमा नगरपालिका ६, १३ र १४ को खोला क्षेत्रमा गत साताभन्दा अगाडी देखि १५ भन्दा बढी एक्साभेटरले ढुंगा, गिटी र बालुवा निकाल्ने गरेका छन् । ती मेसिनले निकालेको सामग्री दैनिक ४० भन्दा बढी ट्रिपरले स्थानीय क्रसर उद्योग पुर्‍याउँछन् । सातादेखि अनियन्त्रित रूपले उत्खनन भइरहे पनि स्थानीय तह बेखबर छन् ।उत्खनन क्षेत्रमा प्रशासनको उपस्थिति नहुँदा सयौं चुल्ठेमुन्द्रे र डन परिचालित छन् । यही कारण स्थानीयले विरोध पनि गर्न सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्