लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राप्रपाले जनताको मन जितिसकेको छ : तिलोत्तमा मेयरका उम्मेदवार भुवन खनाल

IMG

तिलोत्तमा सिटी, बैशाख १९ गते २०७९।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा युवा नेता तथा व्यवसायी भुवन खनाललाई मेयरको उम्मेदवार बनाएको छ । युवा नेता खनाललाई सर्वसम्मत रुपमा नगरप्रमुख (मेयर) पदको उम्मेदवार बनाउने निर्णय भएको राप्रपा रुपन्देहीका उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताले बताए । 


देशभरमा जनताको मन जितिसकेको राप्रपाले तिलोत्तामामा पनि त्यसको प्रभाव परेको र जनताले राप्रपाको नीति ब्यबहार र योजनालाई मन पराएको मेयर उम्मेदवार भुवन खनालले बताएका छन्। जनताको मन जितेकाले भोट आफ्नो पोल्टामा पर्ने खनालको जिकिर छ। आफूमै पर्यटन तथा होटल ब्यबसायी समेत रहेका खनाल भलवारीस्थित होटल हिडन प्यालेसका सञ्चालक  हुन् । त्यस्तै राप्रपाले तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा वडाअध्यक्षका उम्मेदवारको पनि टुंगो लगाए संगै घरदैलो अभियानलाई तिब्र पारेको छ । जसअनुसार वडा नम्बर ७ मा सुरेश पन्थी, ८ मा निरञ्जन पराजुली, ९ मा खुम बहादुर राना, १० मा विक्रम के.सी., ११ मा गोपीनाथ पाण्डे, १३ मा शेर बहादुर घर्तीमगर, १४ मा तीर्थराज थारु र १७ मा संदिप थारुलगायतका युवा नेता हरुले घरदैलो लाई तिब्र पारेको जानकारीमा आएको छ ।



कमेन्ट गर्नुहोस्