लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विवेकशील साझा पार्टी तिलोत्तमाको घरदैलो कार्यक्रम तिब्र

IMG

तिलोत्तमा सिटी,बैशाख १९ गते २०७९। विवेकशील साझा पार्टी तिलोत्तमाले चुनाव प्रचारप्रसार अन्तर्गत घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विवेकशील साझाले तिलोत्तमा नगरपालिकामा घरदैलो अभियान संचालन गरेको हो । स्थानीय तहको निर्वाचन अन्र्तगत विवेकशील साझाले विभिन्न वार्डबाट घरदैलो अभियान संचालन गरेको हो । मेयर पदका डा. अमित के.सी.,उपमेयर पदका रुपा गुरुङ, र विभिन्न वडाका अध्यक्षहरु एवं वडा सदस्यहरुका उम्मेदवारले घरदैलो अभियान संचालन गरेको सो पार्टीले जनाएको छ । 


नगरको घरदैलो अभियानमा बोल्दै मेयर पदका उम्मेदवार अमित के. सी. ले निशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य सहित भ्रस्टाचार नियन्त्रण गरि तिलोत्तमाको दीर्घकालीन बिकास आफ्नो मुख्य एजेन्डा रहेको जानकारी दिए । घरदैलो कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।


सामाजिक छबि राम्रो बनाएका मेयर पदका उम्मेदवार डा. अमित के.सी.ले यसपालिको चुनाबमा विवेकशीलको सबै वडासंगै नगरमा शानदार जित हुने निश्चित रहेको  बताए। उनले कैयौ पटक अन्य पार्टीलाई हेरेको तर जनताले आभाष हुनेगरी बिकासको अनुभूति नभएको बताउदै गाउ गाउका जनतालाई आभास हुने गरि काम गर्ने बताएका छन। 

कमेन्ट गर्नुहोस्