
तिलोत्तमा सिटी, बैशाख १९ गते २०७९ । गत २०७४ को चुनावमा नेकपा एमालेको तर्फ बाट तिलोत्तमा नगरपालिका वडा नम्बर १५ बात भारि मतले बिजयी बनिसकेका खेमराज गुरुङ मुन्नाले आफ्नो पुन : उम्मेदवारी वडा अध्यक्ष मै दिएका छन्। आफ्नो जित सुनिस्चित भैसकेको तर आधिकारिक आउन मात्र बाँकी रहेको भन्दै उनले अब नयाँ योजनाका साथ् काम गर्ने बताएका छन्। सामाजिक संजालमा आफ्ना योजना राख्दै उनले युवा केन्द्रित कार्य गरि समाजका युवा बेरोजगार हटाउन आफु लागि पर्ने बताए। उनले बुँदागत रुपमा आफ्ना योजना प्रस्तुत गरेका छन्।
खेमराजका अबका लक्ष्य
१}युवा महिलाहरूलाई सिप मुलक तालिम गराई युवा महिला उद्यमी कर्जा उपलब्ध!
२}बाबा आमाहरूलाई राज्यले दिने सुविधामा थप अनुदानको बिशेष पहल गराईने र भैरहवा बुटवलसम्मको हस्पिटलसम्म निशुल्क
एम्बुलेन्स सुबिधा उपलब्ध गराईने छ।
३}असल तथा जेहेन्दार र बालबालिकालाई सामुदयिक बिद्यालयमा छात्रवृत्ति उपलब्ध गराईने छ।
३}सम्पुर्ण कल्बलाई खेलकुद र जनचेतना;ट्राफिक लाईट;लागु औषत दुर्व्यसनी;प्रहरी घटना सम्बन्धि तालिम गराईने छ।
४}बालबालिका जन्मीएको दिन देखी सुनौला १००० दिन सम्मको पौस्टिक आहार र सुत्केरी महिलामा स्याहार सम्बन्धि बिशेष सुबिधाको
पहल गरीने छ।
५}अन्त्यमा वडावासीको सरसल्लाह सुझावको बिषेश अपेक्षा सहीत वडाको बिकासमा अगाडी बढीने छ।
यी र यस्ता योजना बुनेका मुन्नाले आफ्नो जित वडा नम्बर १५मा सुनिस्चित भैसकेको जानकारी गराएका छन्। बैशाख ३० गते शुक्रबार समाजको बिकासका निम्ति खटिने सामाजिक सिपाहीको पक्षमा मतदान गर्न उनले वडाबासीलाई सुझाएका छन्।
कमेन्ट गर्नुहोस्