लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले गरिव दु:खी र मजदुरको साथी हो : सदस्य उम्मेदवार न्यौपाने

IMG

तिलोत्तमा सिटी,बैशाख १७ गते २०७९। तिलोत्तमा नगरपालिका वडा नम्बर -२ को चुनावी रफ्तार द्रुत गतिमा अघि बढेको नेकपा एमाले वडा सदस्यका उम्मेदवार इश्वर न्यौपानेले बताएका छन्। वडाको पूर्वी भागमा ३ दिन देखि घरदैलो कार्यक्रम गरिएको र सबै वडाबासीको राम्रो साथ् पाएको उनको भनाई छ। वडा अध्यक्षका उम्मेदवार काशिराम काफ्ले सहित महिला सदस्य सावित्रा पन्थी आचार्य , दलित महिला सदस्य रुपा बिक,इश्वर न्यौपाने र रामकृष्ण पाठक ( खेमराज) को उम्मेदवारी रहेको छ। त्यसो त नगरपालिकाको मेयर पदमा मोहन चापागाईं र उपमेयरमा जगेश्वरिदेवी चौधरीको उम्मेदवार रहेको छ। 


टोल टोलमा जानेक्रममा आफुहरुप्रति जनताको बिश्वास धेरै पाएको वडा अध्यक्षको उम्मेदवार काशिराम काफ्लेले बताएका छन्।  वडाको समग्र बिकाश र वडा भित्रका दुखी गरिव सुकुम्बासी साथै बेरोजगारहरुका लागि जनप्रतिनिधि आएको आभास हुने गरि काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन्।  आफैमा बौद्धिक व्यक्ति समेत रहेका काफ्लेले वडाको योजना र यहाँको बिकाश निर्माण तथा नीति निर्माणको जिम्मा आफ्नो काँधमा आएकोले सबै वडा बासीलाई नेकपा एमालेका सबै उम्मेदवारलाई जिताउन आग्रह समेत गरेका छन्। 


कमेन्ट गर्नुहोस्