लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका ९ सहित रुपन्देहीमा उम्मेदवारी दिएका १०३ जनाद्धारा उम्मेदवारी फिर्ता

tillotmacitynews - 2022 Apr 30 10:28 AM
IMG

तिलोत्तमा सिटी, बैशाख १७ गते २०७९ । रुपन्देहीमा सत्तारुढ गठबन्धनबाट मेयर र उपमेयरमा परेका अधिकांश उम्मेदवारी फिर्ता भएको छ । रुपन्देहीबाट स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये १ सय १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवार मध्येबाट रुपन्देहीको १५ पालिकाबाट सो संख्यामा उम्मेदवारी फिर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको  छ । गठबन्धनका माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट मेयर र उपमेयरका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।

रुपन्देहीबाट सबै भन्दा बढी बुटवल उपमहानगरपािलकाबाट २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन । ४ जना प्रमुख, ४ जना उपप्रमुख र १९ जना वडाध्यक्ष तथा सदस्य पदमा मनोनयन गराएकाले उम्मेदवारी फिर्ता लिएका छन । त्यसैगरी, ओमसतियाबाट ३ जना अध्यक्षसहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन । कंचनबाट ३ जना, कोटहीमाईबाट ५ जनाले, गैडहवाबाट २ जना, तिलोत्तमाबाट ९ जना र देवदहबाट १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन ।  त्यसैगरि मायादेवी र रोहणिीबाट १–१ जनाले, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट २ जना, शुद्धोधनबाट ६ जना, सियारीबाट ६ जना, सैनामैनाबाट ४ जनाले उम्मेदावरी फिर्ता लिएका छन् । भैरहवा सिद्धार्थनगरबाट पनि ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन । सत्तारुढ गठबन्धनले अन्तिम समयमा आएर तालमेल गरेपछि नगर प्रमुखबाट एक जना, उपप्रमुखबाट २ जना र सदस्यबाट ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन । यस्तै, सम्मरीमाईबाट पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्रबाट ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन । उम्मेदवारी फिर्ता लिनेमा निवर्तमान पालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लुकी श्रीमती पनि रहेकी छन । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी थिइन । सम्मरीमाईबाट ४ जनाले उम्मेदवारी फिर्ता गराएका छन । उम्मेदवारी फिर्ता गराउनेमध्ये अधिकांश गठबन्धन र स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन ।








कमेन्ट गर्नुहोस्