
तिलोत्तमा सिटी, बैशाख १७ गते २०७९ । तिलोत्तमा नगरपालिकामा एमालेबाट मोहन चापागाईंले मेयर पदमा उम्मेदवारी दिएपछि चुनावी सरगर्मी तातेको छ ।गत निर्वाचनमा मेयर, उपमेयरसहित तिलोत्तमाका १७ वडामध्ये १३ वडामा एमालेले जितेको थियो ।अघिल्लो स्थानीय तह निर्वाचनलाई निरन्तरता दिन योजनामा उनी छन् । तिलोत्तमामा सत्ता गठबन्धन भत्किएको अवस्था छ । कांग्रेस र माओवादीबीच गठबन्धन भए पनि एकीकृत समाजवादी एक्लै निर्वाचनमा खडा भएको छ ।
राष्ट्रिय हिसाबले एमाले नेतृत्वको संघीय सरकार, प्रदेश सरकारमा नेतृत्व गर्दा गरेका कामहरू र हामीले निर्वाचन जितेपछि गत पाँच वर्षमा नगरपालिकालाई जस्तो बनाएका छौं, यो यहाँका नागरिकको सामूहिक मेहनत, श्रम, लगानीमा सम्भव भएको मेयरका उम्मेदवार मोहन चापागाईं बताउछन । निर्वाचन जितेपछि गरेका जुन सकारात्मक काम छन्, हामीले हरियाली नगर बनाएका छौं, सफा सुन्दर नगर बनाएका छौं, खुल्ला प्लाष्टिकमुक्त बनाएका छौं यस्ता कैयौ आधारले नगरपालिकाको यसपालिको चुनाब जित्ने पक्का भएको चापागाईंले बताए । बालमैत्री नगरपालिकाका रुपमा घोषणा संगै नेपालका अरु नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै कानुन बनाई हामीले गुणस्तरयुक्त र सुशासनयुक्त नगरपालिकाका रुपमा विकसित गरेका छौं । यो हिसाबले हेर्दा हामीले यसपटक चुनाव सहजै जित्छौँ । अब पनि हामी नगरलाई शैक्षिक हवको रुपमा विकास गर्ने, सामुदायिक विद्यालयबाटै गुणस्तरीय शिक्षा पाउने ग्यारेन्टी गर्ने, स्वास्थ्य बिमाका माध्यमबाट नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्नेछौँ, उनले चुनाबमा आफ्नै पार्टीले जित्ने दावी गर्दै भने।
कमेन्ट गर्नुहोस्