लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युवाको ढुकढुकीमा ध्रुव न्यौपाने,भन्छन-वडा नम्बर-९ को साख गिर्न दिन्न

IMG

तिलोत्तमा सिटी, बैशाख १६ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिका बिकाशमा तिब्र गति लिइरहेको नगर हो।  त्यसमा पनि तिलोत्तमाको वडा नम्बर-९ त झनै बिकासमा नम्बर १ वडा नै साबित छ।  अघिल्लो ७४ सालको चुनाबमा भारि मतका साथ् बिजयी बनेका नेपाली कांग्रेसका नेता नारायण न्यौपानेले अहिले वडा अध्यक्ष पदमा युवा नेता ध्रुव न्यौपानेलाई जिम्मेबारी सुम्पेका छन् जितेर आउनु भनेर।  त्यसो त वडा नम्बर-९ को साख जोगाउन र अझै वडाको बिकासमा थप इट्टा थप्न जुझारु युवा धुर्व न्यौपाने आएको वडा अध्यक्ष नारायण न्यौपानेले बताउछन।   


विभिन्न क्लब संघ संस्था तथा नेपाली कांग्रेसको युवा पंक्तिमा अगाडी आउने नाम हो ध्रुव न्यौपाने।  नगर भित्रको वडामा सबै भन्दा बिकासको खाका कोरेको यो वडामा गर्नु त थुप्रै छ तर क्रमैसंग गर्ने अठोट र योजना बुनेको छु- ध्रुव न्यौपाने भन्छन।  आफुले जिते पहिलो बर्षमै मंगलापुर कान्छीबजार सडक तुरुन्त बनाउन अग्रसर हुने बताउदै न्यौपानेले जनप्रतिनिधिको काम गर्ने उर्जा वडाबासीले यहि बैशाख ३० गते दिने बताए।  आसन्न निर्बाचनमा आफुलाई जिताउन आग्रह गर्दै वडा नम्बर-९ भित्रका थुप्रै समस्याहरु हल गर्न प्रतिबद्ध रहेको जानकारी समेत दिए।  वडा अध्यक्ष नारायण न्यौपाने हुँदा पनि आफु लगातार वडा कार्यालयमा आउने निगरानी गर्ने तथा समाजका बिकृति विसंगतिका बिरुद्ध आवाज उठाउने कार्य गरेको बताउदै वडाबासीको भान्सादेखि बिकास गरी व्यापारिक र समृद्द वडा बनाउन आफ्नो साझा उम्मेदवारी रहेको बताए। ध्रुव न्यौपाने नेपाली कांग्रेसबाट तिलोत्तमा-९ को वडा अध्यक्षको जोसिला र उर्जावान उम्मेदवार हुन् । वडा अध्यक्ष न्यौपानेसंगै वडा सदस्यमा पुरानै अनुहार तथा जुझारु महिला सदस्य मिस्सु शाही,सृजना बुढा प्रिथि, गोपाल बस्याल र हर्क बहादुर पुन सदस्यमा उम्मेदवारी दिएका छन्। 



कमेन्ट गर्नुहोस्