
तिलोत्तमा सिटी, बैशाख १६ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मुटु तथा व्यापारिक क्षेत्र वडा नम्बर-५ मणिग्रामको वडा अध्यक्षमा पुन : चेतनारायण भण्डारीको उम्मेदवारी परेको छ। ५ बर्ष सुखद बिताएका भण्डारीले वडा बासीहरुमा बनाएको योजना कैयौ पुरा गरिसकेका छन्। नगरपालिकाको प्रमुख ब्यापारिक तथा सुगम मानिएको यस वडामा बिकाश निर्माण, भौतिक संरचना , स्वास्थ्य, शिक्षा, रोजगार साथै महिला बालबालिका एबम सामाजिक सुरक्षामा समेत उल्लेख्य काम भएको उनको दावी छ। नेकपा एमाले पार्टीले धेरै जसो वडा अध्यक्ष परिबर्तन गरी चुनावमा टिकट दिंदा भण्डारीले भने आफ्नो टिकट सुरक्षित गरे , उनि भन्छन : यो वडा बासीको माग हो।
कोरोना महामारी होस् या राहत पुर्याउने बेलामा , शैक्षिक चेतनाका कार्य होस् या सिप बिकाश तालिममा उनि सधै समयमै देखिन्थे, र जनताको मर्म पिडा बुझेर सुख दुख बाड्ने गर्दथे। आफुले सक्दो प्रयास गरेको र वडाको समग्र बिकाश हेर्दा उत्कृस्ट रुपमा कार्य भएको प्रति उनि वडा बासीलाई नै धन्यबादको पात्र बनाउछन। वडा बस्सिको साथ् परिश्रम मेहनत र आफुलाई सधै झक्झक्याउने र काम गर्न प्रेरणा दिने बानीले झन् राम्रो काम भएको उनि बताउछन। अघिल्लो चुनावमा हालकै प्रतिश्प्रधि नेपालि काग्रेसका रमेश डुम्रेलाई पराजित गरेका उनि यसपाली पनि उनी उम्मेदवार संग भिड्दै छन्।
उनि बिश्वस्त भएर भन्छन - "मेरो जित र मा प्रतिको बिश्वास नै वडाको समग्र बिकाश हो।" वादाबासिको मायाले फेरी टिकट पाएको छु कतिपय कोभिडका कारण सामाजिक कार्य गर्न अझै बाँकी छ ति सबै योजना एक एक गरेर पहिलो बर्षमै पुरा गर्ने बाचा गर्दछु। वडा अध्यक्षका उम्मेदवार भान्दाई शालीन , भद्र र समग्र नगर बिकास योजनाका योजनाकार समेत हुन्। मणिग्राम स्थायी निवासी भण्डारी ५ बर्षको कार्यकालमा वडाबासीले जसरि साथ् दिनुभयो त्यसको आफु ऋणी भएको र त्यो ऋण तिर्न समेत अबको उम्मेदवारी र जित आफ्नै हुनुपर्ने दावी गर्दछन। वडा नम्बर ५ लाई प्रसिद्ध व्यापारिक नगरी बनाउने सोच बोकेका भण्डारी सामाजिक क्रियाकलापमा अग्रणी भूमिकामा देखिन्छन।
कमेन्ट गर्नुहोस्