
तिलोत्तमा सिटी, बैशाख १६ गते २०७९। राज्यमा बसोबास गर्ने प्रत्येक व्यक्तिका महत्वपूर्ण व्यक्तिगत घटनाहरुलाई आधिकारिक रुपमा रेकर्ड राख्नुलाई व्यक्तिगत घटनादर्ता भनिन्छ । सबैजसो देशहरुले घटनादर्ताको सर्वमान्य सिद्धान्तअनुसार यसलाई स्थायी, अविच्छिन्न तथा अनिवार्य कार्यको रुपमा निरन्तरता दिइरहेका हुन्छन् । यद्यपी कस्ता कार्यलाई घटना मान्ने भन्ने विषयमा देशको आवश्यक्ताअनुसार फरक पर्ने सन्दर्भमा हाम्रो देशमा भने जन्म, मृत्यु, विवाह, बसाईंसराई र सम्बन्धविच्छेद गरी पाँच किसिमका घटनाहरुलाई लिइन्छ। यसअन्तर्गत सम्बन्धित कार्यालयहरुले रेकर्ड राख्ने, भण्डारण गर्ने, उपयोग तथा वितरणसम्बन्धी कार्यहरु गर्दछन् ।
नेपालमा व्यक्तिगत घटना दर्ता सम्बन्धमा “जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३” आएपछि २०३४ बैशाख १ गतेदेखि १० जिल्लाबाट शुरु गरी १७ चरणमा विस्तार गरिंदै २०४७ बैशाख १ बाट नेपालभर लागू भएको हो । शुरुमा गृहपञ्चायत मन्त्रालयअन्तर्गत रही जिल्ला प्रशासन कार्यलयमार्फत यस कार्य गरिंदै आएकोमा २०५० श्रावणबाट स्थानीय विकास मन्त्रालयको पञ्जीकरण शाखाबाट सञ्चालन हुन थालेको हो । मिति २०७५ आश्विनमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र र केन्द्रीय पञ्जीकरण विभागको एकीकरण पश्चात् पुनः गृह मन्त्रालयअन्तर्गत रहेको छ । UNESCAP सँग नेपालले गरेको प्रतिबद्धताअनुसार सन् २०२४ सम्म सम्पूर्ण नेपाली नागरिकहरुको जन्मदर्ता शतप्रतिशत पुर्याउनु पर्ने र अन्य व्यक्तिगत घटनादर्तामा समेत उल्लेख्य बृद्धि गर्नुपर्ने भएकोले सोहि लक्ष्य हासिल गर्नेतर्फ विभाग क्रियाशील छ । घटनादर्ता कार्यक्रम विभागको सक्रियतामा स्थानीय तहहरुमार्फत MIS Online मा आधारित गर्ने कार्यक्रम विस्तारित छ जसले चालिस प्रतिशतभन्दा बढी जनसंख्या ओगटेको छ । हाल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को साथसाथै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७७ कार्यान्वयनमा छ ।
तिलोत्तमा नगरपालिका बाल मैत्री नगर घोषणा संगै बाल बालिकाको जन्म दर्ता शुन्य बनाउने अभियानमा नगर लागेको छ। जन्मने बित्तिकै जन्मको आधारमा आफ्नो वडा कार्यालयमा गएर वा घरमै बसेर पनि अहिले अनलाईन मार्फत घटना दर्ता गर्न सकिने नगरपालिकाकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीले बताउनुभएको छ। मानिस जन्मिने बित्तिकै, बिबाह , बसाईसराई, सम्बन्ध बिच्छेद र मृत्यु भएपछी सम्बन्धित परिवारले घटना दर्ता गर्नुपर्ने नगरपालिकाकाका प्रमुख प्रसासकिय अधिकृत ज्ञवालीले बताउनुहुन्छ।
सम्बन्धित पालिकाको वार्डमा गएर या घरै अनलाईन मार्फत घटना दर्ता गरेर अघि बढ्दा भविष्यमा पर्ने कठिनाई बाट मुक्त हुन सकिने प्रमुख प्रसासकिय अधिकृत ज्ञवालीले बताउनुभयो। ३५ दिन भित्र गरेको दर्ताले विश्वसनीय डाटा तथ्यांकमा प्रविष्टि हुने हुँदा समयमै घटना दर्ता गरि ढुक्क हुन उहाले आग्रह समेत गर्नुभयो। त्यसो त सामाजिक सुरक्षा भत्ताको लागी पनि समयमै नबिकरण तथा दर्ता गर्न सामाजिक सुरक्षा भत्ताको सेवा लिने सबै सेवाग्राहीलाई नगरपालिकाकाका प्रमुख प्रसासकिय अधिकृत ज्ञवालीले आग्रह समेत गर्नुभएको छ । घटना दर्ता सम्बन्धमा एक रेडियोको अन्तर्वार्ताका क्रममा ज्ञवालीले सो कुरा ब्यक्त गर्नुभएको हो।
कमेन्ट गर्नुहोस्