लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलको एक सुनचाँदी पसलमा चोरी : संलग्न सम्भावित व्यक्तिहरु पहिचान

tillotmacitynews - 2022 Apr 28 09:13 AM
IMG

तिलोत्तमा सिटी,२०७९ बैशाख १५ गते । बुटवलको एक सुनचाँदी पसलबाट तीन करोड बढी चोरी भएपछि यस क्षेत्रका ब्यापारीहरुले असुरक्षित महसुश गरेका छन् । तर प्रहरी ले छोरि गर्ने हरुको नजिक पुगिसकेको भन्दै छिट्टै सार्बजनिक गर्ने बताएको छ । बुटवल उपमहागरपालिका वडा नं. ६ विपि चोकमा रहेको कोटेश्वर मजुवा गुल्मेली सुनचाँदी पसलमा गत मंगलबार राती चोरी भएको हो । उक्त पसलबाट सुनका गरगहना र नगद समेत गरि करिव तीन करोड रुपैंया बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

चोरी गर्ने सम्भावित व्यक्तिहरुको पहिचान भएको र उनीहरुको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले बताएका छन्। ।  दिलबहादुर सुनारले सञ्चालन गरेको कोटेश्वर मजुवा गुल्मेली सुनचाँदी पसलसंगैको सटर भारत उत्तर प्रदेश देवरीया जिल्ला अगस्तपारका सत्यन्द्रकुमार गौतम र भारत उत्तरप्रदेश नविनमण्डी भोला रोड मुल्तान नगरका राजिव शर्माले कपडा पसल सञ्चालन गर्न भन्दै भाडामा लिएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त चोरीमा उनीहरु संलग्न रहेको हुनसक्ने देखिएको र बोर्डर एरिया र भारतीय प्रहरीसंग समेत समन्वय गरि अनुसन्धानको काम अगाडि बढाईएको प्रनाउ केसीले बताउनु भयो । उनीहरुको आधारकार्ड, सिसिटिभी फुटेज, घरभाडा सम्झौता पत्र, टेक्निकल एनालाईसिस र अन्य अनुसन्धानबाट उनीहरु सम्लग्न रहेको देखिएको उहाँले बताउनु भयो ।

यता घरबहाल सरोकार संघ रुपन्देहीले एक विज्ञप्ती जारी गरेर चोरीमा संलग्नलाई तत्काल पक्राउ गरि कडा भन्दा कडा कारवाहीको माग गरेको छ । त्यस्तै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन पनि प्रहरीप्रशासनसंग माग गरेको छ ।



कमेन्ट गर्नुहोस्