लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्थानिय बिकासमा युवाको पहुँच आवश्यक छ : वडा सदस्य उम्मेदवार न्यौपाने

IMG

तिलोत्तमा सिटी,बैशाख १४ गते २०७९। यहि बैशाख ३० गते हुने आसन्न निर्बाचनसंगै अहिले उम्मेदवारी दिएका राजनीतिक दलका नेता या स्वतन्त्र  नेताले आ-आफ्नो बिकाससिल धारणा सार्बजनिक गर्दै आएका छन्।  तर तिलोत्तमा नगरपालिका वडा नम्बर-२ मा नेकपा एमालेको तर्फबाट सदस्यको उम्मेद्वारी दिएका ईश्वर न्यौपानेको धारणा अलिक भिन्न छ। ब्यबस्थापनतर्फ स्नातक सम्मको अध्ययन सकेका न्यौपानेले भौतिक बिकास निर्माणको रुपमा मात्रै नभएर वडाबासीसंगै नगरबासीको चेतनामा समेत बिकास हुनुपर्ने बताएका छन। सडक, पुल-पुलेसा, पूर्वाधार मात्र नभएर शिक्षा, स्वास्थ्य, रोजगार तथा मानिसको भान्सामा बिकासको अनुभूति हुनुपर्ने उनको भनाई छ। 


राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कार्यालय सदस्य तथा तिलोत्तमा ईन्चार्ज समेत रहेका युवा नेता इश्वर  न्यौपानेले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेको तर्फबाट वडा नम्बर-२ को सद्स्य पदमा उम्मेदवारी दिएका छन्।  युवाहरुको पहुँच सबै बिकास निर्माण र सहभागितामा हुनुपर्ने बताउदै यसपालिको निर्वाचनमा नेकपा एमालेले युवाहरुलाई स्थान दिएकोमा खुसि समेत गरेका छन् । बि.स. २०५७  सालदेखि  माध्यामिक  स्तरको  अध्ययनसंगै विद्यार्थी  राजनीति  मार्फत अनेरास्ववियुमा होमिएर कम्युनिस्ट आन्दोलनमा सामेल भएका युवा नेता इश्वर न्यौपाने स्थानिय बिकासको लागि आफु सदस्य पदबाटै अगाडी बढ्ने बिश्वास लिएका छन्। आफ्नो उम्मेदवारी गरिब, सुकुम्बासी, पिडितको समस्या निराकरणसंगै यहाँका धार्मिक पर्यटकीय स्थान , ब्यापार उद्योग र पेशागत बिकास र समृद्ध नगर बनाउने अभियानको लागि भएकोले आसन्न निर्बाचनमा युवा नेतृत्वका लागि नेकपा एमालेको टिमसंगै आफुलाई जिताउन वडा बासिमा अनुरोध समेत गरेका छन्। 


तिलोत्तमा-२ योगीकुटी निवासी न्यौपाने सामाजिक रुपमा पनि उत्तिकै परिचित अनुहार हुन्।  कोभिड महामारीका बेला राहत सामाग्री र औषधि उपचार अनि अक्सिजन सिलिण्डर लिएर बिरामी, गरिव, पिडित र सर्बहाराको घरै पुग्ने न्यौपाने आउदा दिनमा पनि सामाजिक कार्यमा उत्तिकै सक्रिय रहने बाचा गर्दछन।यस अघिको स्थानिय तह निर्वाचनबाट बिजयी जनप्रतिनिधिले अठोट गर्नुभएको कामसंगै वडाको शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा, यहाँको सिचाई, विभिन्न कृषि, पशुपालनका क्षेत्रमा युवाको सहभागितालाई खुल्ला रुपले अगाडी बढाउने निश्चय बोकेका उम्मेदवार न्यौपानेले वडाका सबै युवाको जित र अवसरलाई आफ्नो जित मानेका छन्।

कमेन्ट गर्नुहोस्