
तिलोत्तमा सिटी, बैशाख १४ गते २०७९। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादीले एक्लै नगर प्रमुख र उपप्रमुखमा उम्मेद्वारी दर्ता गरेको छ। पार्टीले तिलोत्तमा निर्बाचन अधिकृतको कार्यालय कुन्जलापुरमा आशा चौधरीलाई प्रमुख र यस क्षेत्रमा सी ए अध्ययनको शुरुवात गर्ने मणिग्राम निवासी इन्जिनियर संजिव भण्डारीलाई उपप्रमुखमा अगाडि सारेको छ । सोमबार तिलोत्तमानगरस्थित निर्वाचन आयोगमा उम्मेद्वारी दर्ता गराएसँगै एक्कासी इन्जिनियर भण्डारी चर्चामा आएका छन् ।
२१ बर्षमै गाउँमा स्कुल संचालन गर्ने भिजन बनाई विश्वशान्ति स्कुल संचालनमा ल्याएका, कम्प्युटर इञ्जिनियरिङ्ग , मास्टर इन बिजनेश एड्मिनिस्ट्रेसन / म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम ( एम आइ एस ) गरेका जीआइएस ट्रेनी र एल एल बि समेत अध्ययन गरेका भण्डारीले रुपन्देहीका दर्जनौ कलेजमा अध्यापन गरिसकेका उनले रणनैतिक ब्यबस्थापन, सर्भिस मार्केटिङ्ग, अपरेशन म्यानेजमेन्ट , रिसर्च, फिलोशफी , इन्नोभेसन म्यानेजमेन्ट , ई-गभर्नेन्स, लगायत् ब्यबस्थापन आइटी समाजशास्त्रका २४ भन्दा बढी बिषयहरु अध्यापन गराइरहेका भण्डारी हाल उनि पीएच डि स्कलर हुन्।
बिषय ठूला स्थापित दल र पुराना अनुहारहरु माझ नेकपा एमाले बाट फुट भै ससक्त ढंगले लागेको पार्टी र युवा तथा बौद्दिक बर्गको उम्मेदवारीले धेरैले भण्डारीप्रति चासो राखेका छन् । निर्वाचनका लागि औपचारिक सुरुवतासँगै प्रतिष्पर्धामा अगाडि बढेका इन्जिनियर भण्डारीले पार्टीसंगै आफ्ना केहि योजनाहरु (घोषणा पत्र) सार्वजनिक गरेका छन् ।
यस्ता छन् भण्डारीका योजना :
- देश बिकाश गर्न बिद्द्यार्थीहरुमा गुणस्तरीय शिक्षा हुनु पर्छ शिक्षा भनेको सर्टिफिकेट मात्रै हैन , त्यसैले ब्यबहारिक शिक्षाका लागि अग्रसर हुने।
- संघिय र प्रान्तीय कर बारे थाहा नभएको र नगरपालिकाको ग्ल्यामर र पब्लिसिटिको पैसा कटाएर कर फ्री गर्ने।
- नगरपालिकामा बैंक राख्दा बैंकको सस्थागत सामाजिक दायित्व अन्तर्गत संरचना बनाउने शर्तमा मात्र सम्झौता गरिने छ, यसरि बनाईएका संरचनाले १६ र १७ वडामा मेडिकल कलेज चलाउने छ र १३ र १४ मा इञ्जिनियरिङ्ग कलेज चलाउने छ , र शंकरनगर बनबाटिकामा रहेको भ्यु टावरलाई सिटि म्यानेजमेन्ट कलेज स्थापना गरिने छ। जसबाट नगरबासीलाई शिक्षामा पहुँच पुर्याइने, र तिलोत्तमालाई शैक्षिक हबको रुपमा अगाडी बढाइने छ।
- १२ कक्षासम्मको पढाईमा प्रत्येक कक्षाको बिद्यार्थीलाई बिद्यालय,विद्यार्थी र शिक्षकको ग्रेडिङ्ग गरिने छ।
- तिलोत्तमामा बेरोजगार र सिप सिक्न खोज्ने बिद्यार्थीहरुलाई मासिक तलव दिएर तालिम दिन तिलोत्तमा टेक्निकल इन्स्टिच्युट संचालन गरिने छ ।
- प्रत्येक बर्ष ८५ जना युवाहरुलाई सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्ने गरि भारत, चाइनामा औधोगिक पर्दशनी मा सहभागी गराइने छ र ति युवाहरुलाई सिड मणि स्वरुप जनही २ लाख अनुदान दिई आफ्नो जमिन नभएको अवस्थामा उद्योग संचालन गर्नका लागि औधोगिक क्षेत्रको ब्यबस्था गरिने छ।
- तिलोत्तामामा संचालित कुनैपनि रोजगार प्रदान गर्ने ब्यबसायको कर लिइने छैन।
- आधारभूत स्वास्थ्य चौकीहरूले दिनमा कम्तिमा २५ जना बिरामीहरुलाई सेवा दिएको हुनु पर्ने गरि कार्य गर्ने।
- सेवाग्राहीहरु स्वास्थ्य चौकीमा न आएको खण्डमा घरमै स्वास्थ्य चेकजाँचको ब्यबस्था मिलाइने छ।
- आधारभूत स्वास्थ्य चौकीमा सिबिसी युरिन लगायत सुगर प्रेसर चेक गर्ने र स्वास्थ्य सेवा प्रदान गर्ने ब्यबस्था मिलाइने छ। साथै उनले अन्य घोषणा पार्टीको घोषणा पत्रमा १७ गते प्रकाशनमा ल्याइने जानकारी दिएका छन्।
आफुलाई देखावटी भन्दा बास्तबिकतामा प्रस्तुत गर्न खोज्ने उनले भ्रस्टाचार निर्मुल र पारदर्शिता ल्याउने कुरामा अडिग रहेको बताउछन।
कमेन्ट गर्नुहोस्