लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-१ को वडा अध्यक्षमा उम्मेद्वारी दिने पाण्डेको घोषणा

IMG

तिलोत्तमा सिटी, बैशाख ८ गते २०७९।  आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा खिमलाल पाण्डेले उम्मेद्वारी दिने घोषणा गरेका छन्।


उनले स्वतन्त्र नागरिकको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेका हुन्। पाण्डेले युवाहरुसँग भिजन भएको र सो भिजन अनुसार काम गर्ने हो भने नगरको मात्र होइन मुलुकको कायापलट हुने दावी गर्दै उमेद्वारी दिने घोषणा गरेका छन् । भरोशा बिश्वास गरेर दुखि गरिव पिडित र आम मानिसको पक्षमा धेरै पटक धेरैलाई सहयोग र समर्थन गरियो तर अहिले त्यो गर्नु आम मानिसको अधिकारको लागि निरिह हुनु हो भन्दै समग्र वडा बासीको बिकाश र समृद्दी तथा हरेक घरको भान्सासम्म सरकार आएको आभास दिलाउन आफ्नो उम्मेद्वारी रहेको पाण्डेले बताए।  



उनले अब सबै पार्टीका युवाहरु युवा जिताउ अभियानमा लाग्नु पर्ने पनि बताएका छन्। युवाले नजितेसम्म युवाका भावना नसमेटिने उनको भनाई छ। उनले सबै पार्टीको आन्तरिक बिरोध जनाउन नसक्ने खुल्ला रुपमा प्रस्तुत हुन नसक्नेले आफुलाई भोट दिएर चुनाव जित्ने दावी समेत गरेका छन्। बनबाटिकाको समग्र बिकाश गरि आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन आफुले गरेको प्रयास सार्थक रहेको बताउदै समाजले काम गर्ने मान्छेलाई चुनेर पठाउनेमा बिश्वस्त रहेका छन। पाण्डेले आँफु युवा जोश जाँगर र भिजन अनुसार यस अघि निर्बाचित हुने अथवा आगामी चुनावमा विभिन्न दलबाट उम्मेद्वारी दिने अग्रजहरूको सम्मान गर्दै वार्डको समग्र विकासमा आफ्नो विकल्प नदेखेको बताए। 


तिलोत्तमा १ मा स्थायी रुपमा बस्दै आएका पाण्डे आफैमा कृषक हुन्। कृषकका पिडा हरु बताउदै उनले ५ बर्ष अघि चुनेको सरकारले कृषिका लागि सुबिधा भन्दा बढी पिडा दिएको बताए। बिगत देखि जुनसुकै पार्टीको लाईनमा हिडेपनि त्यो समयमा गरेको साथ् र समर्थनबाट टाढा रही बिना पार्टी बाट स्वतन्त्र उठेको र कुनै पार्टीमा समेत आफु नरहेको दावी गरे। आज बनबाटिकामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाण्डेयले कुनै पनि हालतमा उम्मेद्वारीबाट पछि नहट्ने भएकाले आगामी चुनावमा नगर भित्रका वडा बासीहरुले पक्कै सहयोग गर्ने र आफुलाई मतदान गर्ने आशामा छन्। 



कमेन्ट गर्नुहोस्