लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिबेकशील साझा पार्टी तिलोत्तमाको घोषणापत्र सार्बजनिक : स्वास्थ्य तथा शिक्षा नि:शुल्क गरिने

tillotmacitynews - 2022 Apr 20 09:32 AM
IMG

तिलोत्तमा सिटी, बैशाख ७ गते । बैकल्पिक शक्तिको रुपमा उदाउदो बिबेकशील साझा पार्टी तिलोत्तमाले आफ्नो १७ बुंदे निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ ।  बिबेकशील साझाले आगामी स्थानीय तह निर्वाचनमा जनतासामु  निःशुल्क  शिक्षादेखि  स्वास्थ्य सेवा अन्तर्गत औषधी र उपचारलाई निशुल्क गर्ने सम्मका प्रतिबद्धता लिएर नगरबासी सामु जाने भएको हो ।  तिलोत्तमा ७ भलवारीस्थित आफ्नै पार्टी कार्यालयमा आज बुधबार आयोजित एक कार्यक्रमका बीच १७ बुंदे निर्वाचन घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्र सार्वजनिक गर्दै बिबेकशील साझा पार्टी तिलोत्तमाका मेयर पदका उम्मेदवार डा. अमित के. सि. ले गुणस्तरीय स्वास्थ्य तथा नि:शुल्क शिक्षा लगायतका महत्वपुर्ण १७ बुंदा बोकेर चुनाबी मैदानमा उत्रिएको प्रतिक्रिया दिएका छन् ।  बिगत १७ वर्ष देखि मणिग्राममा चोकमा आँखा उपचार क्लिनिक खोलेर जनताको सेवा गरि रहेकोमा अब आगामी दिनमा जनताको प्रतिनिधिका रुपमा काम गर्ने इच्छा अनुरुप तिलोत्तमाको मेयर जस्तो गरिमामय पदमा उम्मेद्वारी दिएको प्रतिक्रिया दिएका छन् । 

जनताको सेवा गर्न कुनै पद र ओहोदाको आवस्यकता आफुलाई नपर्ने भनेरै १७ वर्षसम्म अनवरत डाक्टरी पेसा अँगालेकोमा अब भने फरक धारबाट जनता सामु जान चाहेको उनको भनाइ छ । 

दिनरात जनताको सेवा गर्ने आफ्नो मुख्य लक्ष्य र अठोटका साथ तिलोत्तमाको मेयर पदमा  आफ्नो उम्मेदवारी उपयुक्त रहेको र हरेक स्थानीय तहमा घोषणापत्र सार्वजनिक गर्दा जनताले आफुलाई चिन्न र जान्न मौका पाउने डा. केसीको भनाइ छ । घोषणापत्रमा १७ बुंदा रहेका छन् ।   


बिबेकशील साझा पार्टी तिलोत्तमाको चुनावी घोषणा पत्र :


१ः- अनलाईन सिस्टमको व्यवस्थापन । (वडा र नगर बाट दिईने सबै सेवाहरु घरै बसीबसी पाउनु हुनेछ)


२ः- स्वास्थ्य सेवा अन्तर्गत औषधी र उपचारलाई निशुल्क गरिने छ।


३ः-गुणस्तरीय सार्वजनिक  शिक्षा निःशुल्क गरिने छ ।


४ः-हाल नगरपालिकाले लिदै आएको फोहोर मैलाको शुल्क खारेजी गरिने छ । त्यस्को लागी फोहोर प्रशोधन केन्द्र स्थापना गरि फोहोरबाट आम्दानी गरिने छ ।


५ः-गरिब तथा अति विपन्न परिवार लाई पानी बिजुली निःशुल्क गरिनुका साथै सहुलियत रासन कार्डको व्यवस्था गरिने छ ।


६ः- निःशुल्क एम्बुलेन्स तथा दमकल सेवा २४ सै घण्टा प्रदान गरिने छ ।


७ः-नगरपालिकाको रोहबरमा पहिलो वर्ष कम्तिमा ५० विघाहा क्षेत्रफलमा  कृषि कार्यक्रम सुरुवात गरी रोजगार दिन सुरु गरिने छ ।


८ः- कृषी कार्यक्रम मार्फत उत्पादन गरिएको र कृषकले आफै उत्पादन गरेको कृषी तथा पशुजन्य उपजलाई कृषीमार्टको स्थापना गरी उचित मुल्यमा खरिद तथा बिक्री गरीने छ।


९ः- व्यापार,उद्यम र उद्योगीलाई पहिलो वर्ष निशुल्क व्यवसाय दर्ता तथा विमाको व्यवस्था गरी जोखिम व्यवस्थापन गर्ने कार्यको थालनी गरिने छ ।

१०ः -टोल-विकास र उपभोक्ता समिती बाट हुने भ्रष्टाचार नियन्त्रण गरिने छ।


११ः- गुणस्तरीय पुस्ताकालयको व्यवस्था गरिने छ।


१२ः- कर्मचारीतन्त्र तथा संघसंगठनहरुमा गरिने राजनिती बन्द गरीने छ! 


१३ः- सामाजिक सुरक्षाको प्रत्याभुत गरिने छ ।


१४ः-  सबै प्रकारका कर को विषयमा आर्थिक विज्ञहरुको सल्लाह बमोजिम व्यवस्थापन मिलाईने छ।


१५ः- हाम्रो क्षेत्र भित्र रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरी सम्बर्धन र प्रबर्धन गरिने छ।


१६ः- खेलकुद विकासको लागी खेल मैदान तथा पार्कहरुको  विशेष व्यवस्था गरिने छ।


१७ः- हाम्रो क्षेत्रमा पर्ने राजमार्ग क्षेत्रको सौन्दर्यकरणको उचित सम्बर्धन गर्दै भित्री बाटो घाटो हरु ब्यवस्थित र दिगो पिच गरिनेछ ।


कमेन्ट गर्नुहोस्