
तिलोत्तमा सिटी, बैशाख ७ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा व्यक्तिगत घटना दर्ता सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। १७ वटा वडाका सचिवहरुलाई र त्यस वडामा कार्यरत कम्प्युटर अपरेटरहरुको उपस्थितिमा घटना दर्ता तथा सामाजिक सुरक्षाको बिषयमा रहेका प्राबिधिक समस्या जिज्ञासा हरुको समाधान गरिएको थियो। नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीको अध्यक्षतामा सम्पन्न सो अभिमुखीकरण कार्यक्रममा व्यक्तिको व्यक्तिगत जन्म, मृत्यु, विवाह, वसाईसराई र सम्बन्धविच्छेद जस्ता घटनाहरुको अनिवार्य रुपमा दर्ता गरी व्यक्तिको घटना कानूनीस्तर कायम गर्न जना स्तरसम्म सचेतना जगाउनु पर्ने उल्लेख गरिएको थियो ।
सो अवसरमा बोल्दै नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीले व्यक्तिगत घटना दर्ता प्रणलीलाई राज्यको प्रशासनिक अभिलेख र जनसांख्यिक तथ्यांकको लागि आधारस्तरभको रुपमा लिएको बताउँदै व्यक्तिगत घटनाको स्थाीय निकाय देखि केन्द्रीयस्तरसम्म जनसांख्यिक तथ्यांकको विवरण प्राप्त गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । व्यक्तिलाई मात्र असर वा प्रभाव नपारी समाज, राष्ट्र वा त्यस भन्दा बाहिर गएर क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरसम्म सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक जनसाख्यिक रुपमा व्यक्तिगत घटनाले प्रभाव पारेका बताउँदै व्यक्तिगत घटना दर्ताप्रति सबैले चासो दिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका एमआइएस अपरेटर युवराज तिवारी तथा सहायक मोति न्यौपानेले घटना दर्ता, सामाजिक सुरक्षा एबम डिजिटाइजेशन सम्बन्धि प्राबिधिक तथा सैद्धान्तिक सहजीकरण गर्नुभएको थियो। नागरिकहरुको सुरक्षा र हक हितको प्रबर्धन गर्ने गरि नागरिकहरुलाई राज्यवाट प्रंदान गरिने सेवासुविधा सरल, सहज र प्रभावकारी रुपमा जवाफदेही र उत्तरदायीत्वका साथ प्रदान गर्न नागरिकहरुको अभिलेख व्यवस्थापन गरिनु आवश्यक भएको सो अभिमुखीकरण कार्यक्रममा चर्चा गरिएको थियो। बालमैत्री घोषणासंगै नगरमा व्यक्तिगत घटना दर्ता गर्ने डर उच्च रहेको बताउँदै व्यक्तिका जीवनमा निरन्तर घटिरहने जन्म, मत्यु, विवाह आदि व्यक्तिगत घटनाहरु दर्ता गरी व्यक्तिको पहिचान तथा कानुनी अधिकार स्थापना गर्न प्रोत्साहित गर्ने उद्देश्यले वडा सचिव र कम्प्युटर अपरेटरहरुलाई सो सम्बन्धि तालिम संचालन गरिएको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।
१७ वटा वडालाई प्रतिनिधित्व हुने गरि संचालन गरिएको तालिममा करिब ३५ जनालाई प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा व्यक्तिगत घटना दर्ताको परिचय, अवधारणा र विकास, महत्व र उद्देश्य, व्यक्तिगत घटना दर्ता प्रक्रिया र आवश्यक कागजपत्रहरु, घटना दर्ता गर्ने कर्तव्य भएको व्यक्तिको बारेमा जानकारी, सूचकले भर्नुपर्ने अनुसूचिका बारेमा जानकारी, घटना विवरण सच्याउने आवश्यक कागजपत्र र तरिका तथा न्यायिक समितिमा उजुरी दिने प्रक्रिया तथा न्याय सम्पादनका विषयमा जानकारी प्रदान गरिएको थियो । सो प्रशिक्षण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली, शिक्षा युवा तथा खेलकुद उपशाखा प्रमुख गंगाराम आचार्य, सुचना प्रबिधि अधिकृत इन्जिनियर सुदिप ढकाल, एमआइएस अपरेटर युवराज तिवारी, सहायक मोति न्यौपाने लगायत १७ वडाका सचिव तथा अपरेटरहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन एमआइएस फिल्ड सहायक मोति न्यौपानेले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्