
तिलोत्तमा सिटी, बैशाख ७ गते २०७९।
फोन आयो ९८४७३१८१९९ मा। नेपाल प्रहरीको सेवा निवृत्त भै सई इन्चार्ज बनेका नर प्रसाद श्रेष्ठले उठाए।
हेल्लो...
हजुर नयामिल सडकमा एकजना बेबारिसे महिला नग्न अवस्थामा छिन , कृपया उद्दार गर्न पर्यो।
हस धन्यबाद हामी आउदै छौ......
एकैछिनमा तिलोत्तमा नगरप्रहरीको टिम महिला नगर प्रहरी सदस्य सृजना बोहोरा कपडा किनेर सडकमा सफाईको सामाग्री सहित पुग्छ। ति महिला भेटेर उनलाई कपडा लगाइदिएर स्थानिय मानब आश्रममा लागि उपचार सेवा दिईन्छ। यो त मानव कथा मात्र हो , सडकमा मानव मात्र हैन जीवित प्राणि गाई गोरु, कुकुरदेखि मृत प्राणी सम्मको सहयोगी भूमिका तिलोत्तमा नगरप्रहरीको उल्लेख्य छ।
समाचारमा सुनिए जस्तो देखिए जस्तो अन्य नगर भित्रका आतंक मच्चाउँदै साना व्यवसायीको सामान खोस्ने, पार्किङबाट सवारी उठाउने, घुस असुल्ने जस्ता कृत्यका कारण धेरै राम्रा शहरहरुमा नगर प्रहरीको छवि राम्रो छैन। प्रदेश मुकाम राजधानी रहेको बुटवल उपमहानगरपालिकाकै नगर प्रहरीको स्थानिय ठेला ब्यबसाय गर्नेको ठेला फाल्ने कार्यशैली एक बर्ष अघि आलोचित भएको थियो । तर तिलोत्तमा नगर प्रहरीले भने भिन्न अभ्यासबाट फरक छवि बनाएको छ ।
तिलोत्तमा नगरपालिकाका नगर प्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठ चुस्त र व्यवस्थित सेवा दिएर नगर प्रहरीको नकारात्मक छवि सुधार्ने प्रयासमा आफुहरु लागेको बताउँछन्। यहाँको अभ्यास ‘सेयर’ गर्न विभिन्न नगरपालिकाले आग्रह गरिरहेको उनले सुनाए । ‘पछिल्लो समय नगर प्रहरीको उपस्थितिलाई सहरवासीले रुचाउनुभएको छ,’ उनले भने, ‘यसलाई अझ चुस्त पार्न हामीलाई पनि प्रोत्साहन मिलेको छ । यहाँ भएको राम्रो कामको सिको गर्न अरु पालिकाहरुले पनि चाहेका छन् ।’
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीले नगर प्रहरीको काम प्रशंसनीय भएको बताउँछन् । ‘नगरपालिकामा संख्यामा कम नगर प्रहरी भए पनि कामले उदाहरणीय बनेका छन्’ उनी भन्छन् ।सबै कामका लागि उनी मातहत १ महिलासहित कुल ८ जना मात्र नगर प्रहरी छन् ।तिलोत्तमा नगर प्रहरीलाई प्रभावकारी बनाउन छुट्टै मोबाइल र नेपाल प्रहरीको जस्तै ‘कन्ट्रोल रुम’ बनाइएको छ । कसरी जनसेवा गर्ने भन्नेमा हामी संवेदनशील छौं ।’नगरका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीले बताए।
विभिन्न अभियान देखि विपद् व्यवस्थापनसम्म
तिलोत्तमा नगर प्रहरीले योगिकुटीदेखि कोटिहवासम्मका सडक तथा भित्रि सडक छेउछाउका अब्यबस्थित बोर्ड हटाउने देखि फुटपाथमा जथाभावी थुपारिएको निर्माण सामग्री हटाउने र ब्यबस्थित सडक बनाउने अभियानमा लागिपरेको छ। नगर प्रहरीको अग्रसरतामा सार्वजनिक ठाउँको उल्लेख्य अनुगमन बढेको छ । नगर प्रहरीले सडक ब्यबस्थित गर्ने , पशु चौपाया ब्यबस्थापन गर्ने, अब्यबस्थित बोर्ड ब्यानर हटाउने, आगलागी, बाढी पहिरो, बर्षा डुबान, नदिकटान, अनाधिकृत उत्खनन, नगरपालिकाका विभिन्न अभियानहरुमा साथ् दिदै आएको छ।
नगरपालिका बाल मैत्री भैसकेपछि बिद्यालय वरपर धूमपान र ऐतिहासिक पाटीपौवा, मन्दिरहरुमा भइरहेका व्यापार निरुत्साहन अभियानलाई प्रभावकारी बनाउन सबै नगर प्रहरीलाई परिचालन गरिएको इन्चार्ज श्रेष्ठले बताए। तिलोत्तमामा विपद व्यवस्थापनका दमकल, एम्बुलेन्स, ब्रुमर, पानी ट्यांकर लगायत उपकरण पनि नगर प्रहरी मातहत सञ्चालनमा थियो। हाल आएर आगलागी लगायत घटनाको जानकारी आउनासाथ नगर प्रहरी संगै नया कर्मचारी छनौट भै सेवामा हाजिर भै घटनास्थलमा पुग्ने गरेको छ ।‘रक्सीको होर्डिङ बोर्ड देखि अब्यबस्थित र सहरै कुरुप हुने गरी पोलहरुमा टाँसिएका पोष्टर हटाउँदा कतिपय गुनासो आयो तरपनि सबै तरिकाले ब्यबस्थित शहर बनाउने अभियानमा नगर बासीहरुले पनि साथ् दिनुभएकोमा खुसि ब्यक्त गर्छन इन्चार्ज श्रेष्ठ। उनले भने : अहिलेसम्म ४ जना प्रमुख प्रसासकिय अधिकृत परिबर्तन हुनुभयो तर हाम्रो काममा कसैले पनि अबरोध गरेको छैन, मेयर, उपमेयर, प्रमुख प्रसासकिय अधिकृत, धेरैजसो जनप्रतिनिधि र कर्मचारीबाट भने काममा राम्रो सहयोग भएको नगर प्रहरी इन्चार्ज श्रेष्ठले बताए । ‘तिलोत्तमाको नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग पनि काममा राम्रो समन्वय छ’ उनले भने । यसमा नगर बासी हरुले परेका समस्यामा हामीलाई सघाउनुभएको छ, त्यसप्रति हामी धन्यबाद दिन चाहन्छौ।
हाल तिलोत्तमा नगर प्रहरीमा नगर प्रहरी सहायक निरिक्षक नर प्रसाद श्रेष्ठ सहित नगर प्रहरी जवानहरु हेमराज लामिछाने, दिल्लीराज पौडेल, रघुनाथ गौड , अनिल बानिया, प्रकाश चौधरी, राकेश प्रसाद लोनिया, सृजना बोहोराको टोली रहेको छ।
कमेन्ट गर्नुहोस्