लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका मेयरले बुझाए प्रयोग गर्दै आएको गाडी

IMG

तिलोत्तमा सिटी, चैत्र ३० गते २०७८। तिलोत्तामाका मेयर बासुदेव घिमिरेले आफुले प्रयोग गर्दै आएको लु १ झ ३६० नम्बरको स्कर्पियो गाडी र एसरको १ थान ल्यापटप नगरपालिकाको प्रशासन शाखामा बुझाउनुभएको छ। आसन्न निर्बाचनमा प्रचार-प्रसार तथा कार्यक्रमहरुमा सहभागीहुनुपर्ने कारण देखाउदै मेयर घिमिरेले मंगलबार प्रशासन शाखाका अधिकृत माधव प्रसाद पोख्रेलसमक्ष पत्रसहित गाडीको साचो र ल्यापटप बुझाउनुभएको हो। 


कोरोना महामारीका बेला एम्बुलेन्स बनाएर समेत सेवा दिइएको सो गाडी नगरप्रमुख बासुदेव घिमिरेले एक चालक राखेर प्रयोग गर्दै आउनुभएको थियो। नगरप्रमुख घिमिरे पुन : नगरप्रमुख भएर दोहोरिने सम्भावना देखिएको छ।  नेकपा एमालेको बिस्तारित बैठकमा ४ जना मेयरका लागी प्रस्तावित नाम गएको नेकपा एमाले तिलोत्तमाका नेता सुरेन्द्र श्रीले बताउनुभयो। 

कमेन्ट गर्नुहोस्