लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

IMG

तिलोत्तमा सिटी, २०७८ चैत्र २६ गते ।  रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।दुर्घटनामा मोटरसाइकलका चालक सैनामैना नगरपालिका-३ का ३० वर्षीय कृष्णचन्द्र खनालको उपचारका क्रममा मृत्यु भएको हो ।भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु२२प ६९२५ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो तिलोत्तमा नगरपालिका-४ ड्राइभरटोलमा अनियन्त्रित भएर पल्टिँदा खनाल गम्भीर घाइते भएका थिए ।खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

कमेन्ट गर्नुहोस्