
तिलोत्तमा सिटी,चैत्र २५ गते २०७८। तिलोत्तमा नगरपालिकाको आयोजनामा सुरक्षित अप्रवाशन सामी परियोजना अन्तर्गत २४ हप्ते बित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा समापन भएको छ। सो कार्यक्रम समापन गर्दै कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको छ।शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गङ्गाराम आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सामी परियोजना शाखा प्रमुख सिता पन्थ,सामी परियोजना शाखाका सृजना भट्टराई, शकुन्तला ढकालले सहभागीहरुको जिज्ञासा तथा समस्या समाधानका उपायहरुको बारेमा बताउनुभएको थियो। बरिष्ठ सामाजिक परिचालकअल्पा घिमिरेको संचालनमा भएको सो कार्यक्रममा सबै वार्डका बित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा सहभागी महिलाहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्