
तिलोत्तमा सिटी,चैत्र २२ गते २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-३ को आयोजनामा जनप्रतिनिधिको ५ बर्षे कार्यकालमा सहयोगी भूमिका खेल्ने तथा ज्येष्ठ नागरिक सम्मान एबम प्रशंशा पत्र प्रदान गरेको छ। वडाको आफ्नै प्रांगणमा भब्य कार्यक्रमको आयोजना गर्दै वडाका जनप्रतिनिधिहरुले आफ्ना कार्यकालमा सहयोग गर्ने भूमिका खेल्ने तथा वडा बासीका लागि सफल अभ्यास गर्ने सहयोगीहरुलाई सम्मान तथा प्रसंशा प्रदान गर्दै बधाई तथा शुभकामना दिएको छ।
वडा नम्बर-३ का अध्यक्ष टंक प्रसाद तिवारीको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र नगर उपप्रमुख जगेश्वर देवी चौधरीको संयुक्त प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि आएपछि भएका काम कर्तब्य र अधिकारमा जनचासोका बिषय सुनिश्चित गर्न अतुलनीय योगदान गर्ने टोल बिकाश संस्था,आमा समूह, युवा क्लब, ८० बर्ष माथिका ९० जना ज्येष्ठ नागरिक तथा ५१ जना अन्य सहयोगी संघ संस्था गरि करिव १५० जना सहयोगीलाई नगद , खाद्यान्न सहित सम्मान गरेको हो।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले नगर र समग्र वडाको हितका लागी गाउँ नगर बाट सहयोग गर्ने सबै सहयोगीहरुलाई धन्यबाद दिदै नगर बनाउने जिम्मेबारी पुरा गरेकोमा वडाका जनप्रतिनिधिहरुलाई धन्यबाद ज्ञापन गरेका थिए। त्यस्तै प्रमुख अतिथिकै भूमिकामा रहेकी नगर उपप्रमुख जगेश्वर देवी चौधरीले वडा बासीहरुले देखाएको सहयोगी भावनाको कदर गर्दै वडाले गरेको सम्मान प्रति खुसी ब्यक्त गर्नुभयो। उहाले जनप्रतिनिधि भएर जनताले चुनेर पठाएपछि जिम्मेवारी सम्झेर पदीय दायित्व इमान्दारीका साथ निर्वाह गरी नगर बिकाशमा योगदान दिनुहुने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो।
सो अवसरमा बोल्दै वडा अध्यक्ष टंक प्रसाद तिवारीले जनप्रतिनिधि भएर आएपछि नगरका वडा बासीले आफुलाई निकै सहयोग गरेको र वडाको हरेक नागरिकले आफ्नो जिम्मेबारी पुरा गरेको प्रति खुसि ब्यक्त गर्नुभएको थियो। उहाँले पार्टीको निर्णय मान्दै आगामी कार्यकाल पनि अवसर पाएको खण्डमा वडा बसी संग हातेमालो गर्दै सम्पन्न हुन बाँकी रहेका काम पुरा गर्न सहज हुने समेत बताउनुभयो। पुन: जनप्रतिनिधिको रुपमा आउने चाहना राख्दै उहाँले वडाको समग्र बिकाशको खाका तयार गरेकाले हरेक जनताको चुल्हो सम्म सफल र असल तरिकाले सकारात्मक प्रभाव पर्ने गरि काम गर्ने बताउनुभयो।
सो सम्मान कार्यक्रममा वडाका सदस्य घनश्याम (रामु) पौडेल, तेज बहादुर गुरुङ, गीता देवी सापकोटा, लक्ष्मी घिले संगै वडाका टोल बिकाश संस्थाका प्रतिनिधि, युवा क्लब , आमासमुह, बाल क्लब, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि , ब्यबसायिक प्रतिष्ठान, दुर्गा मन्दिर ब्यबस्थापन समितिका प्रतिनिधि, बाल सहजकर्ता, वडाका कर्मचारी, सरसफाई कर्मी, संचारकर्मीहरुको उपस्थिति रहेको थियो। त्यस्तै आइतबार वार्ड कार्यालयले स्थानिय श्रमिक महिला हरुलाई साइकल समेत बितरण गरेको थियो।
कमेन्ट गर्नुहोस्