लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा योगिकुटीको आगलागीमा पौने दुई करोडको क्षती (भिडियो सहित )

IMG

चैत्र १७ गते २०७८,तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ योगीकुटी मा सञ्चालित मेघा श्री टेडर्समा शुक्रबार आगोलागी भएको छ।तिलोत्मा ७ भलवारीका सुमन न्यौपानेका दाजुभाईले सन्चालन गरेको मदिरा र किराना पसल रहेको उक्त पसलमा विद्युत सट भएर आगोलागी भएको हो।आगोलागि हुंदा मदिरा पसलको करिव डेढ करोड र किराना पसलको करिव २५ लाख बराबरको समान जलेर नष्ट भएको स्थानीयले बताएका छन्।घरधनी युवराज न्यापौपानेले विद्युत सट भएर आगोलागी हुंदा घरको क्षतीसहित समानहरु जलेर नष्ट भएको बताए।शुक्रबार करिव ४ बजे लागेको आगो बुटवल तिलोत्तमा र सिद्धार्थ नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।




कमेन्ट गर्नुहोस्