लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको योगीकुटीमा एक मदिरा पसल र किराना पसलमा आगलागी, लाखौंको क्षति

tillotmacitynews - 2022 Apr 01 06:38 PM
IMG

तिलोत्तमा सिटी, २०७८ चैत्र १८ गते । तिलोत्तमाको एक मदिरा पसल र किराना पसलमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका–२ योगीकुटी स्थित  मेगा श्री जनरल स्टोर र मेगा श्री कोल्ड स्टोरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

एउटै घरको दुई स्टरमा रहेका ती जनरल स्टोर र कोल्ड स्टोरमा आगलागी भएको हो । आगो अहिले पूर्ण नियन्त्रणमा आइसकेको योगिकुटी स्थित नगरप्रहरी इन्चार्ज बिमला गोतामेले जानकारी दिनुभयो ।  बिधुत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । आगलागीबाट पसलमा रहेका सामान जलेको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्