लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा बिकाशको बिश्वबिद्यालय हो, यहाँ कखरा-एबिसिडि पढाउन आवश्यक छैन : ओली

IMG

चैत्र १५ गते २०७८,तिलोत्तमा सिटी।  नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले  रुपन्देहीको तिलोत्तमा नगरपालिका समग्र रुपमा एक बिश्वबिध्यालय भएको बताउनुभएको छ। तिलोत्तमा स्थित बनबाटिकामा रहेको तिलोत्तमा बहु उदेश्यीय टावरको उद्घाटन कार्यक्रममा ओलीले सो कुरा बताउनुभएको हो।  आफु सरकारमा हुँदा देखिनै तिलोत्तमाको बिकाश निर्माण र यसको उलीखानिया अभियानको रुपमा धेरै कुराको नगर बासी हरुमा चेतना भएको सुन्दै आएको बताउदै ओलीले नगरमा जनप्रतिनिधि आएपछि भएको चेतना स्तर र बिकाश तिब्र रुपमा अगाडी बढेको बताउभेको थियो।  


उहाँले नगरप्रमुख बासुदेव घिमिरे प्रति उदृत गर्दै बिकाशमा फड्को मार्न भिजन आवश्यक भएको र त्यो भिजनले नगर नै समग्र बिकाश भएको प्रति  धन्यबाद ज्ञापन गर्नुभएको थियो। तिलोत्तमाको समग्र कृषि , ब्यापार, उद्योग, पर्यटन, सडक , ताल तथा पोखरी, बनजंगल, खाली जमिन मात्र नभएर नीति निर्माणमा समेत फड्को मारेको बताउदै पुर्व प्रधानमन्त्री ओलीले तिलोत्तमा एउटा समग्र बिकाशको युनिभर्सिटि भएकोले आफु आएर कखगघ र एबिसिडी पढाउनुको कुनै अर्थ नरहेको बताउनुभयो।   


तिलोत्तमा नगरपालिकाको ब्यबसायिक बहूउदेश्यिय भवन ( भ्यु टावर ) उद्घाटन समारोहका क्रममा बोल्दै नेकपा एमाले अध्यक्ष ओलीले हरेक घरको भान्सा बाटै सरसफाई र सुन्दरता आवश्यक रहेको समेत बताउनुभयो। नगरप्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न सो उद्घाटन  कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तिलोत्तमाको भ्यु टावर भ्यु हेर्ने मनोरंजन लिने मात्र नभई ब्यबसायिक र पर्यटकीय हिसाबले अगाडी बढेकोमा धन्यवाद समेत ब्यक्त गर्नुभयो। 


सो कार्यक्रममा बोल्दै नगरप्रमुख घिमिरेले भ्यु टावर एक ब्यबसायिक भवन भएकोले यसको उपयोग कम नरहेको उल्लेख गर्नुभयो।  उहाँले १०० जना भन्दा बढीले रोजगार पाउने र १००० भन्दा बढी जनता लाभान्वित हुने हुदा यो भवन बहुआयामिक भवन भएको बताउनुभयो। डिपार्टमेन्टल स्टोर, होटल रेस्टुरेन्ट, लज, कफिसप, विभिन्न मनोरन्जनका पर्यटकीय स्थलको रुपमा बिस्तार गर्ने गरि तयार भएको बताउदै नगरप्रमुख घिमिरेले टावर लिजमा दिने प्रक्रिया आघि बढेको र छिट्टै बनबाटिकामा पर्यटनको बिकाश सुनिस्चित हुने बताउनुभयो। 


उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले ठुला योजना मध्यको तिलोत्तमा बहु उदेश्यीय भ्यु टावरले जनताको समृद्दी संग सम्बन्ध राखी अघि बढ्ने बताउनुभयो। नगर उपप्रमुख चौधरीले तिलोत्तमाका जनताको रोजगारी र ब्यबसायिक सफलतासंग संगै पर्यटकिय हिसाबले पनि अघि बढाउन यस्ता योजनाले ठुलो सहयोग गर्ने बताउनुभयो।  


शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा १ सय ३४ फिट उचाईमा रहेको भ्यू टावर १० तलाको रहेको छ। तिलोत्तमा नगरपालिकाले यो भ्यूटावर, भ्यूटावर मात्र नभई बहुउद्देश्यीय भवनको रुपमा निर्माण गरिएको दावी गरेको छ। तिलोत्तमा नगरपालिका र शंकरनगर बन विहारको संयुक्त लगानीमा निर्माण गरिएको भ्यूटावरमा पहिलो देखि छैठौ तलासम्म व्यवसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् भने सातौं तलादेखि मात्रै दृश्यअवलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ। साढे ११ करोड बढि लागतमा निर्माण गरिएको भ्यूटावर निर्माणमा ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले लगानी व्यहोरेको छ।कुल २५ हजार १२२ बर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको भ्यू टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च रुम, डिपार्टमेन्टल स्टोर, कार्यालय कक्ष, शौचालय सहित बातानुकूलित कोठा, लाइब्रेरी लगायतका संरचनाहरु बनाइने छ। 


पछिल्लो समय बनबाटिका धेरै पर्यटकिय पुर्वाधार निर्माण भएको भन्दै जिल्लाकै नमुना पर्यटकिय स्थल बनाउने योजना रहेको उनले बताए। सामुदायिक वनको ५ सय ७६ हेक्टर वनमध्ये ५१ हेक्टर वन शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका रुपमा छुट्याएर संरचना निर्माण भईरहेका छन्।भ्यू टावरको उत्तरतर्फ स्वीमिङ पुल र अगाडि म्युजिकल फाउन्टेन निर्माण भइरहेको छ। त्यस्तै त्यहाँ चाईल्ड पार्क र स्टेडियम निर्माणको काम पनि सुरु भइसकेको छ। बाँकी निर्माणको कामको लागि केएच प्रशान्त जेभीसँग साढे ४ करोडको ठेक्का सम्झौता भईसकेको छ। अबको २ वर्षमा बाँकी संरचनाको निर्माण सम्पन्न हुने र त्यसपछि बनबाटिका यसक्षेत्रकै प्रमुख पर्यटकिय स्थल बन्ने पक्का भएको छ।


कमेन्ट गर्नुहोस्