लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाको ५ बर्षे प्रगति समिक्षा सम्पन्न,बिकाश र नीति निर्माणमा अगाडी

IMG

तिलोत्तमा सिटी,चैत्र १२ गते २०७८। तिलोत्तमा नगरपालिकाले आफ्नो ५ वर्षको कार्यकालको प्रगति समिक्षा गर्दै जनप्रतिनिधि र कर्मचारी बीच फेलोशिप सम्पन्न गरेको छ । २/२ पटक सम्म देशमै उत्कृस्ट बनेको तिलोत्तमा नगरको पूर्वाधार तथा भौतिक विकास, शिक्षा, पशु एवं कृषि, आर्थिक विकास, महिला वालवालिका तथा समाज कल्याण, स्वास्थ्य र शासकीय व्यवस्था एवं सुशासन लगायतका विषयमा आर्थिक वर्ष २०७४/७५ देखि हालसम्मको प्रगति समिक्षा गर्दै शनिवार मिलनपार्क बुटवलमा सम्पन्न भएको हो ।


नगरको हालसम्मको प्रगति समिक्षाको प्रतिवेदन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले २५ पृष्ठ सहितको कार्यबिस्तार प्रस्तुत गर्नुभएको थियो । सो प्रतिबेदन तथा हालसम्मको कार्यबिस्तार प्रस्तुत गर्दै नगरपालिकाले हासिल गरेको सम्मान तथा कार्यप्रगतिलाई निरन्तरता दिनुपर्ने बताउदै यसप्रति सहयोग गर्ने सबै कर्मचारी जनप्रतिनिधि तथा सेवाग्राहीहरुलाई समेत धन्यबाद ज्ञापन गर्नुभयो। 


सो समिक्षा तथा फेलोशिप कार्यक्रममा बोल्दै अध्यक्षता ग्रहण गर्नुभएका नगरप्रमुख बासुदेव घिमिरेले ५ बर्षको कार्यकाल सन्तुस्टि जनक र सोचे अनुरुप रहेको बताए।  केहि काम बाँकी भएपनि घोषणा पत्रमा उल्लेख गरेको बिकाश निर्माण र नीति निर्माण तथा विभिन्न योगदान तथा उत्कृस्ट नगरपालिकाको पगरी गुथ्न सफल भएकोमा खुसी ब्यक्त गर्नुभयो।  एक्लै आटेर यी सबै काम सम्भव नहुने बताउदै , क्रियाशील जनप्रतिनिधि , सहज कर्मचारी र चेतनशील सेवाग्राहीले नगरपालिकाको समग्र क्षेत्रको बिकाश सम्भव भएको नगरप्रमुख घिमिरेको भनाई थियो।  

आगामी निर्वाचन बारे मुख खोल्दै नगरप्रमुख घिमिरेले केहि पुरा नभएका कुरा पुरा गर्न र आफुले बनाएको योजना सम्पन्न गर्न पुन: एकपटक आफुलाई नगरप्रमुख कै रुपमा देखिन मन लागेको बताउनुभयो। पार्टीको धारणा र निचोड के हुन्छ त्यो समयले बताउला र पर्ख र हेर को संघारमा छु, तर पार्टीले दिएको खण्डमा नगरपालिकाको सहज बिकाश र दीर्घकालीन योजना तथा जुन सोच बनाएर नगरमा आएको हो त्यो सोंच सम्पन्नका लागि एकपटक दोहोरिने ईछ्या ब्यक्त गरेको नगरप्रमुख घिमिरेको भनाई छ।


कार्यक्रममा स्वागत मन्तब्य राख्दै नगर उप प्रमुख जगेश्वरदेवी चौधरीले नगर सभामा पाँचवर्षे कार्यकालको अनुभव र नगरको प्रगतिमा स्थानिय सरकारको कार्य प्रगति सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो । उहाँले निर्वाचन जितेर निर्बाचित भएर आइसकेपछि हालसम्म भएका प्रशासनिक गतिविधिहरुका विषयमा जानकारी गराउनु भएको थियो । जनप्रतिनिधि र कर्मचारीको सानो दु:खले यो प्राप्ति नभएको जिकिर गर्दै उपप्रमुख चौधरीले यसमा सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभएको थियो। 


प्रस्तुत प्रतिवेदनमा बोल्दै वडा नम्बर ७ का सदस्य देवी प्रसाद पंगेनीले नगरबासीको सहयोगले आफुहरु रात दिन गरि प्राप्त गरेको खटाई को मिठो अनुभव संगाल्न पाएकोमा खुशी ब्यक्त गर्नुभएको थियो।  उहाले ४ जना प्रशासक फेरिदा पनि नगरपालिकाको बिकाश र नीति निर्माण को गतिशिलतामा कुनै कमजोरी नरहेको समेत बताउनुभयो। त्यस्तै वडा नम्बर ६ का सदस्य तथा कार्यपालिका सदस्य संगीता गुरुङले आफ्नो भनाई राख्दै ५ बर्षमा आफुहरुले गरेको काम ऎइतिहासिक भएको र त्यो इतिहास जोगाउन आफु फेरी जनप्रतिनिधिको अझै उपल्लो तहमा आउने आशा ब्यक्त गर्नुभएको थियो। उहाले सामाजिक कार्यमा अग्रसर भैरहदा नगरपालिकाको समग्र स्थिति थाहा भएकाले केहि पुरा नभएका कार्य गरन पुन: एकपटक अझ माथिको पदमा दोहोरिन मन लागेको  कुरा अव्यक्त गर्नुभयो। 


शिक्षा शाखा प्रमुख गंगाराम आचार्यको संचालनमा भएको कार्यक्रममा सूचना प्रबिधि शाखा प्रमुख इन्जिनियर सुदिप ढकालको संचालनमा बिबिध सांस्कृतिक कार्यक्रम समेत भएको थियो।    


कमेन्ट गर्नुहोस्