लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नयाँ अनलाइन मिडियालाई व्यवस्थित बनाउन आवश्यक : अध्यक्ष बस्नेत

IMG

तिलोत्तमा सिटी,चैत्र १२ गते २०७८। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन मिडियाहरुको नियमनमा काउन्सिल लागिरहेको बताएका छन् । शनिबार तिलोत्तमा मिडिया क्लबको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले अनलाइन मिडियाहरुलाई थप व्यस्थित बनाउनु पर्ने आवश्यकतामा जोड दिए । उनले आधुनिक प्रविधिलाई आत्मसात गर्दै नयाँ मिडियालाई व्यवस्थित गर्नुपर्ने आवश्यकताआवश्यकता रहेको बताए ।कार्यक्रममा बोल्दै संविधानसभा सदस्य विनोद पहाडीले मिडिया हाउसहरू प्रबर्धन हुने गरी नीति बनाउन आग्रह गरे । उनले समयको माग अनुरुप समाजिक संजाल समेतको नियमन आवश्यक भएको बताए ।


क्लबका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता, उपाध्यक्ष बिपि गौतमको स्वागत, सचिव टी आर. शर्माको संचालन भएको साधारण सभामा अकोरावका पूर्वअध्यक्ष मोहन चापागाईं, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, पूर्व अध्यक्ष शेरबहादुर केसी, निर्वाचन मण्डल सदस्य घनश्याम गौतम, नेकपा एमाले तिलोत्तमा नगर कमिटी सचिव मीनप्रसाद पोखरेल, माओवादी केन्द्रका केशरबहादुर थापा, यातायात मजदूर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य भुवन कार्की, नेपाल प्रेस युनियन रुपन्देहीका उपसभापति दिपक घिमिरे लगाएतले शुभाकामना दिएका थिए ।

कमेन्ट गर्नुहोस्