लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका टोलबिकास पदाधिकारीलाई सरसफाई सम्बन्धि अभिमुखीकरण

IMG

चैत्र ७ गते २०७८,तिलोत्तमा सिटी। नगर स्तरिय टोल बिकाश संस्था संजाल तिलोत्तमाको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ८, १०, ११ , र १२ का टोलबिकास संस्थाका पदाधिकारीलाई सरसफाईसम्बन्धि अभिमुखीकरण दिइएको छ। संजालका अध्यक्ष हेमराज पौडेलको अध्यक्षता तथा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीको प्रमुख आतिथ्यता एबम नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जिबन ज्ञवालीको बिशिष्ठ आतिथ्यतामा सम्पन्न सो कार्यक्रमममा सरसफाई सम्बन्धि कार्यमा टोल बिकाश संस्थाले गरेको उल्लेखनिय कार्यको प्रशंसा गरिएको थियो।  


करिव ४१ जना सहभागी रहेको सो अभिमुखीकरण तिलोत्तमा नगरपालिकाको आफ्नै सभाहलमा सम्पन्न भएको थियो। सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले टोल बिकाश संस्थाले गरेको उत्साह जनक कार्यको तारिफ गर्दै अब सरसफाई युक्त नगर बनाउन टोलले मात्र नगरले मात्र प्रयास गरेर नहुने हुँदा सबै व्यक्ति र घर बाट आफैमा जागरण र चेतना ल्याउन आवश्यक भएको औल्याउनुभयो।  उहाले फोहोर नगर्ने भन्दा पनि त्यसको उचित ब्यबस्थापन प्रमुख कुरा भएकोले कुहिने नकुहिने फोहोरको बर्गिकरण गरेर मात्र फोहोरको गाडी सम्म ल्याउन सबै घर समुदाय र व्यक्तिले लागिपर्नुपर्ने बताउनुभयो। 


त्यस्तै सरसफाईको बिषयमा बोल्दै नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जिबन ज्ञवालीले तिलोत्तामाले सरसफाइमा नेपालमै सबैभन्दा ठुलो नाम बनाएको हुँदा त्यो नामलाइ सधै बचाई राख्न सबैले मिलेर फोहोर ब्यबस्थापनको जिम्मा लिनुपर्ने बताउनुभयो। नगरपालिकाले टोल बिकाश संग मिलेर एउटा उदाहरणिय काम गरेको सर्बबिदितै भएकाले त्यसको गरिमा जोगाईराख्न सबै कम्मर कसेर लाग्नुपर्ने बताउनुभयो।  


कार्यक्रममा टोल बिकाशका प्रतिनिधि एबम पदाधिकारीहरुको जिज्ञासा समस्या र समाधानका उपाय हरुको अन्तरक्रियात्मक तबरले छलफल भएको बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले बताउनुभयो। सबै जनताको अगाडी सरसफाई बारे चेतना फैलाउन र त्यसको ब्यबस्थापनबारे टोल टोलमा अभियान चलाउन यस्तो कार्यक्रमको आयोजना गरिएको घिमिरेको भनाई छ। कार्यक्रममा बाताबरण शाखाका हरियाली प्रबर्धन र सरसफाई अधिकृत गोरखनाथ खनालले नगरपालिकाले गरेको सरसफाई र हरियाली प्रबर्धनका बिषयमा ले आउट सार्बजनिक गर्दै नगर सुन्दर बनाउन टोल बिकाश संस्थाको ठुलो हात रहेको बताउनुभयो। 


बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेको संचालनमा शरु भएको कार्यक्रममा बाताबरण शाखाका इन्जिनियर युबराज पन्थी, विभिन्न टोल बिकाश संस्थाका प्रतिनिधि एबम पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।    


कमेन्ट गर्नुहोस्