लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टेंकर चालक तथा सहचालकलाई सरसफाई सम्बन्धि सचेतना

IMG

चैत्र ६ गते २०७८,तिलोत्तमा सिटी।  तिलोत्तमा नगरपालिका नगरस्तरीय टोल बिकास संस्था संजालको आयोजनामा लुम्बिनी प्रदेशको सबैभन्दा ठुलो डिपो नेपाल आयल निगम लुम्बिनी प्रदेश डिपोका टेङ्कर व्यवसायीका चालक तथा सहचालक हरुलाई १ दिने सरसफाई सम्बन्धि अभिमुखीकरण तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। संजालका अध्यक्ष हेमराज पौडेलको अध्यक्षता तथा नगरपालिकाका बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेको उपस्थितिमा सो कार्यक्रमको आयोजना गरिएको हो।  


कार्यक्रमका सन्दर्भमा ट्यांकर चालक तथा सहचालकहरुलाई सरसफाई र हरियाली प्रबर्धन तथा फोहोरमैला ब्यबस्थापनका बिषयमा चेतना अभिबृद्दि गराइएको थियो। सार्बजनिक यातायातका साधनका अनुगमन सचेतना तथा ध्यानाकर्षण गरिएको सो कार्यक्रममा ट्यांकर बाट फैलिने प्रदुषण तथा यातायात कर्मचारीबाट सडकमा हुने फोहोरमैला ब्यबस्थापन गर्ने बिधि प्रक्रिया र ब्यबस्थापनका उपायहरुको बारेमा जानकारी दिइएको नगरपालिकाका बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले बताउनुभयो।  


सो कार्यक्रममा बोल्दै नगरस्तरीय टोल बिकास संस्था संजालका संयोजक हेमराज पौडेलले तिलोत्तमा नगरपालिका सडक सरसफाईमा अग्रसर भैरहेको सन्दर्भमा सबैको साझा पहलले मात्र नगर सरसफाई राख्न सकिने बताउनुभएको थियो।  त्यस्तै उहाले नगरको समग्र बिकाश र समृद्दीमा आयल निगमले समेत ठुलो योगदान गरेको भन्दै नगर सरसफाइको लागि ट्यांकर ब्यबसायी संगै चालक, सहचालक, तथा सर्बसाधारण सबै चनाखो हुनुपर्ने बताउनुभयो। 


सो कार्यक्रममा तिलोत्तमा नगरपालिका बाताबरण तथा हरियाली प्रबर्द्धन शाखाका गोरखनाथ खनाल, नेपाल आयल निगमका अप्रेसन अधिकृत मनोहर डि सी, पश्चिमाञ्चल ट्यांकर ब्यबसायी संघका महासचिव भुपराज अर्याल, उअपसचिव संयोजक तथा ट्यांकर संचालक प्रेम जिएम, सचिव खड्क बहादुर पुन, हरिप्रसाद सापकोटा, बिकाश ढुंगाना, स्वच्छ चालक मजदुर संघका अध्यक्ष नवराज पाण्डे, उपाध्यक्ष दामु खरेल, सचिव नारायण ढकाल , सदस्यहरु राजेन्द्र केसी, राजेश घर्ति लगायत ४० भन्दा बढी मजदुर तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।    



कमेन्ट गर्नुहोस्