लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना कहरको दुई वर्षपछि झुम्यो होलीमा तिलोत्तमा(फोटो फिचर)

IMG

चैत्र ४ गते २०७८,तिलोत्तमा सिटी। कोरोनाका कारण थला परेको सांस्कृतिक तथा धार्मिक एबम एकताको चाड होली यस बर्ष भने हर्सोल्लासपुर्ण तबरले मनाइएको छ। तिलोत्तमासंगै रुपन्देहीमा दुई वर्षपछि उल्लासमय तरिकाले होली पर्व मनाईएको हो। होली अर्थात फागु पुर्णिमा तराईका विभिन्न जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइएको छ। बिगतका दुई कोभिडका कारण उल्लासपुर्वक रुपमा होली मनाउन नपाएका रुपन्देही संगै तिलोत्तमाबासीले यसपटकको होली मन खोलेर मनाएका छन्। 


हिजो बिहिबार समेत आज शुक्रबार कार्यालय बिदा हुने भएकाले आ-आफ्नो कार्यालयमा काम गर्ने कर्मचारी , विद्यार्थी लगायतले हिजो नै होली मनाएका छन्। एकताको शुत्रमा बाध्ने चाड भएकाले यसको धार्मिक संग संगै ऎतिहासिक र सांस्कृतिक महत्व रहेको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभयो। हामीले पनि होलीलाई कार्यालयका कर्मचारी एबम जनप्रतिनिधि हरुमा होली मनाएर शुभकामना आदानप्रदान गरेका छौ, यो चाड बास्तबमै एकताको शुत्रमा बाध्ने चाड हो - नगरप्रमुख घिमिरेले भन्नुभयो। 


त्यसो त यस्पालीको होली उल्लासमय बनेको र शानदार तरिकाले अबिर लगाएर गाउँ समाजमा मनाउन पाइएकोमा खुसि ब्यक्त गर्दै तिलोत्तमा-२ शंकरनगर निवासी बिष्णु भट्टराईले होलीले कोरोनाले दिएको दुख बिर्साएको बताउनुभयो। त्यसो त होली मनाउन नपाउदा आफन्त साथीभाई इस्टमित्र संग टाढा भएको अनुभूति गर्नुभएकी तिलोत्तमा-५ निवासी गीता न्यौपानेले अहिलेको होलीले सबैसंग भेटेर सम्बन्ध पुनर्ताजगी बनाएको बताउनुभयो। 


काठमान्डू उपत्यका लगाएत पहाडी जिल्ला र हिमाली क्षेत्रमा मनाइएको थियो भने शुक्रबार तराईका जिल्लामा होली मनाईएको छ। कोरोना संक्रमणका कारण हर्षोल्लासका साथ होली मनाउन नपाएका सर्वसाधरणहरु यस वर्ष झुमेर पर्व मनाए। बुटवलमा नेपाल पत्रकार महासंघ रुपन्देही सहित विभिन्न संघ-सस्थाको आयोजनामा मिलनचोक, पुरानो बसपार्क, ड्राइभर्टोल चोक , शंकरनगर बनबाटिका, ४ नम्बर, कोटिहवा लगायत विभिन्न चोकमा सांगीतिक कार्यक्रम गर्दै तथा एकआपसमा मित्रता, आत्मीयता, र सद्भाव सहित साथीभाईहरुलाई अबिर तथा रङ लगाई होली पर्व मनाएका छन्। कोरोनाका कारण थला परेको होटलहरुमा समेत होली मिलन कार्यक्रमले रौनक थपेको थियो।


कमेन्ट गर्नुहोस्