लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका कर्मचारीलाई मेयर घिमिरेको थम्ब-अप

IMG

चैत्र २ गते २०७८,तिलोत्तमा सिटी। लगातार २ पटकसम्म उत्कृस्ट नगरपालिकाको पगरी गुथेपछी तिलोत्तमा नगरपालिकामा खुशी छाएको छ। आफ्नो नेतृत्वमा कर्मचारीको अथाह सहयोगले सो कुरा सम्भव भएको भन्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले एक औपचारिक कार्यक्रमको आयोजना गरि खुसी साटासाट तथा आदानप्रदान कार्यक्रमसंगै कर्मचारीहरुमा थम्बअप सहित बधाई ज्ञापन गर्नुभएको छ। 


यस अघि सेवाप्रबाहमा देशमै उत्कृस्ट बनेको तिलोत्तमा नगरपालिका लाइ तत्कालिन प्रधानमन्त्री के पी शर्माओलीले उत्कृस्ट नगरपालिकाको रुपमा प्रमाणपत्र तथा सम्मान पत्र हस्तान्तरण गरेका थिए भने काठमाडौंमा यहि फागुन २९ गते आयोजित एक भब्य कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई उत्कृष्ट नगरपालिका पुरस्कार-२०७८ स्वरुप कदर पत्र प्रदान गर्नुभयो । मुलुकभरका महानगर, उप–महानगर र नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले सो पुरस्कार प्रदान गरेको हो । आर्थिक वर्ष २०७७/०७८ मा सामाजिक विकास क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोले त्यसको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।


तिलोत्तमाले गत वर्ष शहरी सेवा प्रवाह तथा सुशासन विधामा पुरस्कार प्राप्त गरेको थियो । सो अवसरमा तिलोत्तमा नगर प्रमुख घिमिरेले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरबासीको योगदान रहेको बताउनुभयो । उहाँले सबैको सहकार्य, सहयोगले तिलोत्तमाले रचनात्मक काम गर्न सकेको भन्दै आगामी दिनमा अझै रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तिलोत्तमा नगरपालिका परिसरमा एक बधाई कार्यक्रमको आयोजना गरि सम्पूर्ण कर्मचारीहरुमा थम्बअप गर्दै उत्कृस्टताको पहिचानमा सदैव लाग्न प्रेरित समेत गर्नुभयो। 



कमेन्ट गर्नुहोस्