
तिलोत्तमा सिटी,फागुन ३० गते २०७८। सरसफाईमा चिटिक्क देखिएको तिलोत्तमा नगरपालिकामा हरियाली प्रबर्धन तथा सरसफाई सम्बन्धि उपायहरुका बारे सचेतनामूलक अन्तरक्रिया गरिएको छ । सरसफाइको क्षेत्रमा विभिन्न रचनात्मक तथा सचेतनामुलक गतिविधि गर्दै आएको ग्रीन तथा क्लिन सिटी तिलोत्तामाले आफ्ना टोल संजालका पदाधिकारीका बीच विभिन्न सरोकारवाला हरुसंग नगरपालिकाको सभाहलमा अन्तरक्रिया गरेको हो । सोमबार कुञ्जलापुर स्थित आफ्नै हलमा आयोजित अन्तरक्रियामा उल्लेख्य सहभागिता रहेको सामाजिक बिकाश शाखाकि बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले जानकारी दिईन।
संजालका संयोजक हेमराज पौडेलको अध्यक्षता तथा निमित्त प्रमुख प्रसासकिय अधिकृत गंगाराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो अन्तरक्रियामा विभिन्न टोल बिकाश समितिका पदाधिकारी, प्रदेश ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, बस ब्यबसायी, यातायात ब्यबसायी, टिप्पर ब्यबसायी, क्रसर ब्यबसायी, विभिन्न व्यवसायमा सम्मिलित संघ संगठन, विद्यालयका छाता संगठन, मजदुर संघ तथा संगठन,सरोकारवाला स्थानिय संघ सस्थाका प्रमुख एबम प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा फोहोर ब्यबस्थापन , सडक सरसफाई, हरियाली प्रबर्धन, ट्राफिक नियम, फोहोरको उचित ब्यबस्थापनका बारेमा प्रस्तुति दिइएको थियो भने त्यसबाट सहभागीहरुले सरसफाइका बारेमा उल्लेख्य सिकाइ हासिल गरेको संयोजक तथा कार्यक्रमका अध्यक्ष हेमराज पौडेलले बताए । सो अवसरमा बोल्दै निमित्त प्रमुख प्रसासकिय अधिकृत गंगाराम आचार्यले नगर सफा राख्ने मामलामा सबैको सहयोग अपरिहार्य रहने र सबैले सड्ने तथा नसड्ने फोहोरको बर्गिकरण गरि उचित ब्यबस्थापनका लागी सहयोग गर्नुपर्ने बताउनुभयो। उहाले सरसफाई र हरियाली प्रबर्धनलाई तिलोत्तमा नगरपालिकाले नगरको सुन्दरताको कडी मान्दै आएकोले यस क्षेत्रमा सो कार्यको उचित प्रबन्ध मिलाउन सबै सरोकारवालाहरुलाई सहयोगको अपेक्षा गर्नुभएको थियो।
संस्थाका संयोजक तथा कार्यक्रमका अध्यक्ष पौडेलले ग्रीन र क्लिन तिलोत्तमाले लामो समयदेखि सरसफाइ र वातावरण संरक्षण तथा हरियाली प्रबर्धनका विभिन्न चेतनामूलक काम गर्दै आएको बताउँदै द्रुत गतिमा बढ्दै गएको सहरीकरण बाट यसलाई बचाउन नागरिकमा अझै पनि चेतना जगाउन आवश्यक रहेको बताउदै नियमित गरिनुपर्ने सरसफाइका बारे समुदायमा चेतना अभिबृद्धि गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा हरियाली प्रबर्धन तथा सरसफाई शाखाका गोरखनाथ खनाल, बाताबरण शाखाका इन्जिनियर युबराज पन्थी, क्रसर व्यवसायीका गोपाल ज्ञवाली लगायतले बोल्दै सडक तथा सार्बजनिक स्थान सरसफाई गर्न र हरियाली प्रबर्धन गर्न सबै लाग्नुपर्ने बताउदै नगरपालिकाको यो अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कमेन्ट गर्नुहोस्