लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिका फेरी उत्कृष्ट बन्यो, प्रधानमन्त्रीले दिए मेयरलाई प्रमाणपत्र

IMG

तिलोत्तमा सिटी,फागुन २९ गते २०७८। अघिल्लो बर्ष सेवा प्रवाहमा उत्कृस्ट बनेको रुपन्देहीको सुगम नगरपालिका तिलोत्तमा सामाजिक विकास विधा अन्तर्गत समबेशिता र सामाजिक क्रियाकलापमा उत्कृस्ट बनेको छ।  आइतबार नेपाल नगरपालिका संघले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरपालिका सहित पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ । नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा ती नगरपालिकालाई पुरस्कृत गरेको हो । पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए ।


त्यसो त संस्थागत विकास सेवा प्रवाह र वित्तिय सुशासन विधामा दुई नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको थियो। दुवै नगरपालिका स्याङ्जा जिल्लाका रहेका छन् । वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकालाई यो वर्षको संस्थागत विकास सेवा प्रवाह तथा वित्तिय सुशासन पुरस्कार प्रदान गरिएको थियो । सहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा उत्कृष्ट ठहर भएको छ निलकण्ठ नगरपालिका । यस्तै वन, वातावरण तथा जलवायु परिवर्तन विधामा इलामको इलाम नगरपालिका उत्कृष्ट ठहर गरिएको थियो । स्थानीय आर्थिक विकास विधामा हरिवन नगरपालिकालाई उत्कृष्ट ठहर गर्दै पुरस्कार प्रदान गरिएको छ ।हरिवन नगरपालिकाले स्थानीय स्रोत परिचालन गरी नगरपालिकाको विकासमा उत्कृष्ट काम गरेको जनाइएको छ । सामाजिक विकास विधा तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको छ ।


तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले नगरपालिकालाई उत्कृस्ट बनाउन सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही नगरबासीहरुमा धन्यबाद ज्ञापन गर्दै यो सम्मानले समग्र नगरपालिका र नगरबासीहरुलाई थप प्रेरणा मिलेको बताउनुभयो। उहाँले अघिल्लो बर्ष सेवा प्रवाहमा उत्क्रिस्ट ठहरिएको नगरपालिका अहिले सामाजिक दायित्वको क्षेत्रमा उत्कृस्ट भएकोले थप सामाजिक क्षेत्रमा जुट्न बल पुगेको बताउनु भएको छ। आफुहरु जननिर्वाचित भएर आइसकेपछि सामाजिक सेवामा अग्रसर भएर लागेको र समाजमा भएका बिकाश निर्माण नीति निर्माण र सामजिक दायित्वका सेवा हरु शिक्षा स्वास्थ्य रोजगारी तथा विपद ब्यबस्थापनमा नगरपालिकाले गरेको काम उल्लेखनिय रहेको नगरप्रमुख घिमिरेको भनाई छ।


कमेन्ट गर्नुहोस्