लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित ठाउँमा पुग्न सफल

IMG

२०७८ फागुन २३ , तिलोत्तमा सिटी । युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित ठाउँमा पुग्न सफल भएका छन् । सोमबार पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्काले भारतको उद्धार टोलीको सहयोगमा युक्रेनबाट ५ सय ३३ जना नेपालीको उद्धार गरिएको बताएका हुन् । उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेका छन् ।उनले भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सो अनुसार सहयोग भएकोमा भारतलाई धन्यवाद समेत दिएका छन् । उनले राष्ट्रसंघको ११ औं आपतकालीन बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको पनि बताएका छन् । संयुक्त राष्ट्रसंघको बडापत्रको र मानवअधिकारको सम्मान गर्दै युक्रेनको पक्षमा मतदान गरेको उनले दावी गरे ।


 निरन्तर जारी रहेको आक्रमणको कारण युक्रेनको सिमानामा १५ लाख भन्दा बढी मानिस शरणार्थीका रूपमा बाहिरिएका छन् । यद्यपी, अरु धेरै आन्तरिक रूपमा विस्थापित भएका छन् वा रुसी बमबारीले भग्नावशेषमा परेका शहरहरूमा फसेका छन् । उता मस्कोलाई दण्डित गर्ने उद्देश्यले रुसलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाइएका भए पनि आक्रमणलाई कम गर्न भने सहयोग पुगेको छैन । वाशिंगटनले अब युरोपसँग रूसी तेल आयातमा प्रतिबन्ध लगाउने बारेमा छलफल गरिरहेको बताएको छ ।



कमेन्ट गर्नुहोस्