लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आइतबारदेखि पोखरा–जोमसोम उडान सुरु

IMG

२०७८ फागुन २२ , तिलोत्तमा सिटी । आज आइतबारदेखि पोखरा–जोमसोम रुटमा नियमित उडान सुरु भएको छ । यो तारा एयरले रुटमा उडान सुरु गरेको हो । कोभिड-१९ को तेस्रो लहर सुरु भएपछि गत डिसेम्बरदेखि यो रुटमा उडान बन्द भएको थियो ।आज मात्र कुल ५ वटा उडान भएको तारा एयरले जनाएको छ । यसमा भारतीय नागरिक र केही विदेशी यात्रु बढी उडेको समेत कम्पनीको भनाइ छ । यो रुटमा ताराले दैनिक उडान गर्ने भएको छ । खासगरी मुक्तिनाथ जाने यात्रु यो रुटमा हुने उडानबाट लाभान्वित हुनेछन् ।


कमेन्ट गर्नुहोस्