लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दक्षिण एसियामै पहिलो रुपन्देहीको तिलोत्तमामा स्केट पार्क

IMG

तिलोत्तमा सिटी, फाल्गुण २१ गते २०७८।दक्षिण एसियामै पहिलो पटक रुपन्देहीको तिलोत्तमामा  ‘स्केट पार्क तथा सामुदायिक केन्द्र’  सञ्चालन गरिएको  छ। शनिबार एक कार्यक्रम  बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले संयुक्त उद्घाटन गरे ।


तिलोत्तमा नगरपालिका वडा न ४ डिङगरनगरस्थित तिनाउ नदीको छेउमा निर्मित स्केट पार्क तथा सामुदायिक केन्द्रको शिलालेखको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरे र स्टेक एड इन्टरनेशनलका संस्थापक अध्यक्ष प्रोफेसर टिटस् डिटम्यानले अनावरण गरेका हुन् भने पार्क को रिबन काटेर प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका छन्। स्केट पार्क उद्घाटन भएसँगै नियमित खेल र अभ्यासका लागि खुला हुनेछ। तिलोत्तमा नगरपालिकासँग अनुमति लिएर करिब १० कठ्ठा क्षेत्रफलमा इन्डोर स्केट पार्क बनाउने उद्देश्यले स्केट एड नेपालले करिव ४० लाखको लागतमा पार्क निर्माण गरेको हो। पहिलो चरणमा स्केट पार्क तयार पारिएको हो। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले खेल क्षेत्रले सबैलाई एकताबद्ध बनाउने भएकाले यसको विकासमा तीन तहकै सरकार जिम्मेवार बन्‍नुपर्ने बताए। उनले स्केट पार्क निर्माण हुनु नेपाली र लुम्बिनीबासीका लागि गर्वको विषय भएको बताए ।


कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री एंव प्रदेशसभा सदस्य लिला गिरीले तिलोत्तमा नयाँ खेलको विकासका लागि स्टेक पार्क बनेकोले यसको थप भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने बताए ।तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले स्केट पार्कले खेल क्षेत्रमा नयाँ आयाम थप्ने बताए ।  स्केट एड इन्टरनेशनलका संस्थापक अध्यक्ष टिट्‌स डिटम्यानले  स्केट बोर्ड आफैंमा साहसी खेल भएकाले यसबाट बालबालिकाहरुले लाभ लिने विश्वास गरे। स्केट पार्कको पहिलो चरणको काम सकिएकाले अब नियमित रुपमा प्रशिक्षण र खेल प्रतियोगिताहरु समेत गर्न सकिने स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए। फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रका करिब ६० जना व्यक्तिहरुले स्वयंसेविकाका रुपमा निर्माण सम्पन्‍न भएको पहाडीले बताए।कार्यक्रममा  तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरी , नगर प्रबक्ता सुरेन्द्र श्री, प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली, वार्ड सदस्य एच बि रम्तेल लगायात राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका खेलाडी पत्रकार उपस्थित रहेका थिए।



कमेन्ट गर्नुहोस्