
२०७८ फागुन २०, तिलोत्तमा सिटी । दैलेखको ठाटीकाँध गाउँपालिका–१ लकान्द्रास्थित एक घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया हरिकला बादी र छोरा १८ वर्षीय रमेश बादी रहेका छन् । चुलोबाट आगो सल्किएर आगलागी हुँदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्