
२०७८ फागुन २०, तिलोत्तमा सिटी । युक्रेनको जापोरिज्जियामा रहेको युरोपको ठूलो आणविक भट्टी रूसी सेनाले कब्जामा लिएकाे छ । युक्रेनको स्टेट न्यूक्लियर रेगुलेटाेरी इन्स्पेक्टाेरेटले अनलाइनमा जारी गरेकाे विज्ञप्तिमा रूसी सेनाले कब्जामा लिएकाे स्पष्ट पारेकाे हाे ।आणविक केन्द्रमा ६ वटा भट्टीहरू रहेका छन् । क्षतिबारे विवरण संकलन भैरहेकाे पनि विज्ञप्तिमा उल्लेख गरिएकाे ग्लाेबल टाइम्सले उल्लेख गरेकाे छ ।
यसअघि स्थानीय समय अनुसार बिहान सवा ६ बजे उक्त भट्टीमा मिसाइल आक्रमण भएको थियो । सो भट्टीसहित पाँचतले भवनमा रुसी सेनाले आक्रमण गरेपछि आगो लागेको बताएको थियो । युरोपको ठूलो आणविक भट्टीमा लागेको आगो नियन्त्रणमा आएको जनाएकाे छ ।भट्टीमा लागेको आगो निभाउन ४० जना उद्धारकर्मी र १० वटा यातायातका साधन प्रयोग गरिएको थियो ।अलजजिराका अनुसार आक्रमणमा भट्टीकाे मुख्य केन्द्रमा कुनै पनि क्षति नपुगेकाे र सुरक्षित रूपमा भट्टी बन्द गरिएकाे छ ।
कमेन्ट गर्नुहोस्