लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाढीका कारण अस्ट्रेलियामा ११ जनाको मृत्यु

IMG

२०७८ फागुन १८ ,तिलोत्तमा सिटी  ।  अष्ट्रेलियाको पूर्वी राज्यहरुमा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या बुधबार ११ पुगेको छ । बुधबार उक्त राज्यमा बाढीका कारण तेस्रो व्यक्तिको मृत्यु भएको न्यु साउथ वेल्सको प्रहरीले पुष्टि गरेको छ ।बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै अष्ट्रेलियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो ।यसबीच, शहरको मुख्य पानीको स्रोत, दक्षिणपश्चिम सिड्नीको वारागाम्बा बाँधलाई बाढीले बगाइदिएको छ ।गत हप्तादेखि क्वीन्सल्यान्ड र उत्तरी न्यु साउथ वेल्सलाई अत्यधिक बर्षापछिको बाढीले तहसनहस गरिरहेको र उक्त क्रम यस हप्ता जारी रहने मोसम पुर्वानुमान कार्यालयहरूले जनाएका छन् ।यी क्षेत्रहरूमा आगामी छ घण्टासम्ममा ८० देखि १२० मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्