
तिलोत्तमा सिटी, फाल्गुण १६ गते २०७८।सामाजिक उत्तरदायित्वतर्फ विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको भलवारी जेसिजले आइतबार तपसलोत्तमा नगरपालिका-७ भलवारीमा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । बुटवल-भैरहवा सडक विस्तार भएसँगै दुर्घटना बढ्न थालेपछि सडकका विभिन्न चोकहरुमा अबलम्बन गुर्नपर्ने सावधानीका बारेमा जानकारी गराइएको थियो। म्याजिक (ट्राफिक) लाईट समेत राखिएको भलवारी चोकमा ट्राफिक सचेतना बढाउनु पर्ने आवश्यकता महसुस गरी कार्यक्रम गरिएको भलबारी जेसिज २०२२ का अध्यक्ष किशोर पंगेनीले बताए । उनले जीवन सुरक्षाका लागि पैदलयात्री तथा चालक दुबैका लागि ट्राफिक नियमको पालना आवश्यक रहेको बताए । जेसिजले रचनात्मक कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको बताए ।
औपचारिक र सडक कार्यक्रम गरी दुइ चरणमा गरिएको सचेतनामूलक कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले सडक अनुशासन कायम गर्न सकेमा दुर्घटना न्यूनीकरण गर्न सकिने बताए । उनले सानो असावधानीले ठूलो दुर्घटना निम्तिन सक्ने बताउँदै सचेत हुनुपर्नेमा जोड दिए । असावधानी र नियम परिपालन नगर्दा हुने दुर्घटना र क्षतिबारे जानकारी गराउँदै भण्डारीले ट्राफिक नियम पूर्ण परिपालना गर्नुपर्नेमा जोड दिए ।कार्यक्रम संयोजक डिलाराज तिवारीको स्वागत, जेसिज वर्ष २२ का महासचिव चन्द्र प्रसाद भट्टराईको संचालनमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय मँगलापुरका असई लक्ष्मण ज्ञवाली, पूर्व अध्यक्षहरु मनोज आचार्य, मुक्तिनाथ गैरे, सुरज पङ्गेनी लगायतको उपस्थिती रहेको थियो । सवारी चालकहरुलाई सडकमै ट्राफिक सङ्केत पालना गर्न सचेत गराइएको थियो ।
कमेन्ट गर्नुहोस्