लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अमेरिकाका लागि नेपाली राजदूतमा खत्री नियुक्त

IMG

तिलोत्तमा सिटी, फाल्गुण १५ गते २०७८। अमेरिकाका लागि नेपाली राजदूतमा प्रा. श्रीधर खत्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खत्रीलाई राजदूत नियुक्त गरेकी हुन् ।सरकारले १४ कात्तिकमा खत्रीलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो भने २५ भदौमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । तर अमेरिकाबाट एग्रिमो आउन समय लागेपछि राजदूत नियुक्तिमा बिलम्ब भएको थियो ।




कमेन्ट गर्नुहोस्