लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज पनि एमाले र कांग्रेसबीच छलफलको तयारी

IMG

 २०७८ फागुन १३, तिलोत्तमा सिटी । आज पनि नेकपा एमाले र  नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।पोखरा गएका एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्किएपछि दुबै दलका नेताहरुबीच छलफल हुनेछ । हिजोको छलफलमा कुराहरु नमिलेपछि  आज साँझ फेरि छलफल  हुने एमाले उपाध्यक्ष विष्णु पौडेलले बताउनु भयो। एमसीसी अनुमोदन गर्न सत्तारुढ गठबन्धनबाट सहयोग नपाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको साथ खोजेका छन् । त्यसक्रममा बिहीबार दिउँसो र साँझ गरी दुई पटक एमाले नेताहरुसँग छलफल गरेका थिए ।

कमेन्ट गर्नुहोस्