लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युक्रेनमा संकटकालको घोषणा

IMG

२०७८ फागुन १२,तिलोत्तमा सिटी। युक्रेनमा संकटकालको घोषणा गरिएको छ । युक्रेनको  सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो । सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा गरेको हो । बुधबारको संसद बैठकले सो संकटकाल पास गरेको हो । यो संकटकाल ३० दिनका लागि घोषणा गरिएको छ ।


 सो संसदमा कायम रहेका ४५० जना सांसदहरुमध्ये ३३५ जनाले सरकारले ल्याएको संकटकालको पक्षमा मतदान गरेका थिए ।पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताउँदै आएको यस अवस्थामा रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ ।संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गर्नु भएको छ । पछिल्लो समयमा युक्रेनमा तनाव बढेको छ । 

कमेन्ट गर्नुहोस्