लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा रास्ट्रीय परिचयपत्रका लागी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न

IMG

तिलोत्तमा सिटी, फाल्गुण ११ गते २०७८।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभाग अन्तर्गत जिल्ला प्रसासन कार्यालय रुपन्देहीले तिलोत्तमाका जनप्रतिनिधि तथा सरोकारवाला निकायहरुसँग बुधबार कुञ्जलापुरमा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा राष्ट्रिय परिचयपत्रका बारेमा ब्यक्तिगत विवरण सहितको चिप्स कार्ड अर्थात राष्ट्रिय परिचय पत्र वितरण गर्न भर्नुपर्ने फारमको अनलाईन तथा भौतिक जानकारी दिइएको थियो। नगरका १६ बर्षदेखि माथि उमेर पुगेका, नागरिकता प्राप्त गरेका नागरिकलाई परिचयपत्र बितरण गर्नका लागि डाटा संकलन पश्चात प्रसासन कार्यालयले परिचयपत्र दिनसक्ने ब्यबस्था गरेको छ।  तिलोत्तमाको वडा नम्बर १ र २ बाट शुरुवात भएको कार्यक्रम यो महिना सम्म चल्ने छ। 


सो कार्यक्रममा बोल्दै नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बासुदेव घिमिरेले राष्ट्रिय परिचयपत्र जैबिक तथा व्यक्तिगत बिवरण र बिद्युतिय चिप्स एंव सुरक्षा सहितको परिचयपत्रमा बायोमेट्रिक प्रणाली प्रयोग गरि राष्ट्रिय परिचय नम्वर उल्लेख भएको कार्ड दिईने बताउनुभयो । नेपालका प्रत्येक नागरिकको परिचय खुल्ने गरि अभिलेख राख्ने प्रणालीको बिकास गरि त्यसको प्रतिफल स्वरूप नागरिकलाई प्रदान गर्ने परिचय लागू गरिने उद्देश्य रहेको नगरप्रमुख घिमिरेको भनाई थियो । नागरिकका व्यक्तिगत र जैविक सूचना संकलन गरी सुरक्षित भण्डारण गर्ने, राष्ट्रिय परिचय नम्वर र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने, राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीलाई अन्य निकायसँग आवद्ध गरि बहुउपयोगिता सुनिश्चित गरिने नगरप्रमुख घिमिरेले बताउनुभयो।त्यस्तै सो कार्यक्रममा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले सबै बिबरण सहितको तिन पुस्ते डिजिटल कागजको रुपमा पाईने राष्ट्रिय परिचयपत्रका लागी आ आफ्नो नजिकको वार्डमा सम्पर्क राखी सबै बिबरण भरि सहयोग गर्न सबै नगरबासीहरुलाई आग्रह गर्नुभयो। 


गृह मंत्रालयले यहि चालु आर्थिक बर्षमा सात वटै प्रदेश तथा ७७ जिल्लामा राष्ट्रिय परिचयपत्र बितरण कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागी राय सुझाव संकलन कार्य समेत जारी रहेको छ । प्रसासन अधिकृत माधव पोख्रेलको संचालन तथा नगर उपप्रमुख जागेश्वर देवी चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत जिबन ज्ञवाली, जिल्ला प्रसासन कार्यालयका सहायक प्रसासन प्रमुख , राष्ट्रिय परिचयपत्र फोकल पर्सन लगायतले अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एक ब्यक्ति एक परिचय पत्र नम्वरको कारण सामाजिक सुरक्षा कार्यक्रम, समाजिक बिमा, पेन्सन सुबिधा एंव सरकारवाट दिईने अन्य सेवा सुबिधामा भईरहेको चुहावट नियन्त्रण गर्न राष्ट्रिय परिचयपत्रले सहयोग पुग्ने बताएका थिए । अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न रुजु अधिकारी एवं प्रतिनिधिहरु,  सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।


कमेन्ट गर्नुहोस्